+
+

सभापति भएर पार्टी चलाउने योजना छः शशांक कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १८:३६

४ चैत, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले १५औं महाधिवेशनमा पार्टी सभापति हुने गरी अघि बढेको बताएका छन् ।

रामेछापमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार कोइरालाले सभापति बनेर नयाँ ढंगले पार्टी सञ्चालन गर्ने योजना रहेको बताएका हुन् । उनले कार्यकर्तालाई भने, ‘तपाईंहरूको आग्रह जायज छ, सोही अनुसार म नेतृत्वका लागि अघि बढ्छु । सभापति बनेर अहिलेभन्दा भिन्न ढंगले पार्टी चलाउने मेरो योजना छ ।’

अहिलेको समयमा पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?