+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सांसदहरूको सुझाव बजेटमा समेट्ने अर्थमन्त्रीको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १४:४४

७ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्रि–बजेट छलफलमा सांसदहरूले दिएका सुझाव बजेटमा समेटिने प्रतिबद्धता जनाएका छन् ।

प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्न र विषयमाथि राष्ट्रिय सभाको बैठकमा जवाफ दिँदै उनले भनेका छन्, ‘संसदबाट प्राप्त सुझाव यथोचित रुपमा बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

सांसदहरूको सुझाव नसमेटिने विगतको गुनासो सम्बोधन गर्नका लागि यो वर्षदेखि प्रि–बजेट छलफलका लागि सरकारले १४ फागुन मै विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेको पनि उनले बताए ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अर्थमन्त्रीले जवाफ दिइसकेपछि संसद सचिवालयले सांसदहरूको सुझावलाई समेटेर प्रतिवेदन तयार पार्नेछ । उक्त प्रतिवेदन अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाइने प्रवक्ता गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?