+

इन्टरमिटेन्ट फास्टिङले मुटुरोगबाट मृत्यु हुने जोखिम ९१ प्रतिशतले बढाउँछ : अध्ययन

२०८० चैत  ८ गते १६:३९ २०८० चैत ८ गते १६:३९
इन्टरमिटेन्ट फास्टिङले मुटुरोगबाट मृत्यु हुने जोखिम ९१ प्रतिशतले बढाउँछ : अध्ययन

अहिले निकै चर्चामा रहेका आठघण्टे, १६ घण्टे जस्ता फास्टिङले मुटुरोग र यसबाट हुने मृत्युको जोखिम बढाउने एक अध्ययनले देखाएको छ । नेसनल हेल्थ एण्ड न्युट्रियसनले गरेको अध्ययनअनुसार जो व्यक्ति आठ घण्टा वा १६ घण्टा फास्टिङ गर्छन्, उनीहरु यस्ता किसिमका फास्टिङ नगर्नेभन्दा बढी मुटुरोग र यसबाट हुने मृत्युको जोखिम हुन्छन् ।

उक्त अध्ययनको निष्कर्ष १८ देखि २१ मार्चसम्म अमेरिकाको सिकागोमा आयोजित अमेरिकन हार्ट एसोसिएसनको महामारी विज्ञान र रोकथाम, जीवनशैली र कार्डियोमेटाबोलिक वैज्ञानिक सत्रमा प्रस्तुत गरिएको थियो ।

के हो इन्टरमिटेन्ट फास्टिङ ?

इन्टरमिटेन्ट फास्टिङमा केही अवधि खाने र केही अवधि नखाने गरिन्छ । जसमा मानिसहरूले आफ्नो खाना चारदेखि १२ घण्टाभित्र सीमित गर्छन् । बाँकी समयमा केही पनि खाँदैनन् र खाली पेट रहन्छन् । यो प्रक्रिया पछयाउनेहरु आठ घण्टाभित्र खाना खान्छन् र १६ घण्टा फास्टिङ गर्छन् । यसको मतलब तपाईंले आठ घण्टामा सबै कुरा खान सक्नुहुन्छ, तर १६ घण्टामा केही पनि खानुहुन्न । यसलाई इन्टरमिटेन्ट फास्टिङ  भनिन्छ । यसलाई अहिले धेरैले अपनाइरहेको देखिन्छ ।

यो फास्टिङको उद्देश्य सामान्यतया तौल घटाउने, कोलेस्टोरेलको सुधार गर्ने, मेटाबोलिजम र अन्य दीर्घरोग नियन्त्रण गर्नु हो । यद्यपि, यो नयाँ अध्ययनले दीर्घकालीनमा रुपमा यस्तो फास्टिङले फाइदा दिन्छ भन्नेमा शंका उब्जाएको छ ।

के भन्छ अध्ययन ?

नेसनल हेल्थ एण्ड न्युट्रियसन एक्जामिनेसनको सर्वेक्षणअन्तर्गत आठ वर्ष लगाएर २० हजार जनामा गरिएको अध्ययनले मृत्युको जोखिमको सम्भावना रहेको देखाएको हो । जसमा ४९ वर्ष उमेरसम्मका पुरुष र महिला सहभागी थिए ।

उक्त अध्ययनले इन्टरमिटेन्ट फास्टिङले अन्य व्यक्तिको तुलनामा ९१ प्रतिशत मुटरोगको जोखिम हुने र आठदेखि १० घण्टासम्म क्यालोरी लिने व्यक्ति पक्षघात र मुटुरोगका कारण मृत्यु हुने जोखिम ६६ प्रतिशत रहेको निष्कर्ष निकालेको छ ।

त्यति मात्र होइन, क्यान्सर भएकाहरुमा पनि इन्टरमिटेन्ट फास्टिङ गर्नेहरुको मृत्युदर बढी रहेको पाइएको छ । कुनै पनि डाइट प्लान नपछ्याउनेमा मृत्युदरको जोखिम कम छ ।

‘छोटो अवधिका लागि गरिने आठघण्टे जस्ता फास्टिङप्रति मानिसको ध्यान केन्द्रित भइरहेको छ । जसबाट मोटोपन र मुटु स्वास्थ्यमा सुधार पनि आएको छ,’ सिनियर अध्ययनकर्ता एपिमिडियोलोजी तथा बायोस्टाटिसटिक्स समेत रहेका भिक्टर वेन्ज जोङ भन्छन्, ‘तर दीर्घकालमा यसले मुटु र अन्य रोगको जोखिम उच्च बनाउँछ । यसको विस्तृत कारण भने पत्ता लागिसकेको छैन ।’

वैज्ञानिक सत्रमा कार्डियोमेटाबोलिक केयर टेलिमेडिसिनकी चिफ मेडिकल अफिसर डा. अभान्तिका वारिङले छोटो समयमा दिने नतिजाले दीर्घकालीन प्रभावबारे अनुमान गर्न नसकिने यो नयाँ अध्ययनबाट देखिएको बताइन् ।

‘वर्तमान समयमा यसरी खानेकुरा खाने र छोड्ने फास्टिङले तौल घटाउने र मेटाबोलिजममा पनि फाइदा गर्ला । तर यसले मुटुलाई दीर्घकालीन रुपमा फाइदा गर्दैन,’ उनले भनिन् ।

इन्टरमिटेन्ट फास्टिङ मुटुरोग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आमाले खाने औषधि गर्भको बच्चामा पुग्छ ? ‘कृत्रिम साल’ बनाएर अध्ययन गर्दै वैज्ञानिक

आमाले खाने औषधि गर्भको बच्चामा पुग्छ ? ‘कृत्रिम साल’ बनाएर अध्ययन गर्दै वैज्ञानिक

मनसुनमा बालबालिकाको हेरचाह कसरी गर्ने ? ध्यान दिनुपर्ने ६ कुरा

मनसुनमा बालबालिकाको हेरचाह कसरी गर्ने ? ध्यान दिनुपर्ने ६ कुरा

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ