+

उच्च रक्तचापको औषधि किन फरक-फरक हुन्छ ?

२०८० चैत  ९ गते १४:२७ २०८० चैत ९ गते १४:२७
उच्च रक्तचापको औषधि किन फरक-फरक हुन्छ ?

चिकित्सकले उच्च रक्तचाप भएकालाई फरक-फरक औषधि सिफारिस गर्छन् । यस्तो औषधि रक्तचापको मात्राअनुसार फरक हुन्छ वा अरु कारणले ? भन्ने जिज्ञासा हुनसक्छ ।

सामान्यतया उच्च रक्तचापलाई नियन्त्रणमा राख्न यस्तो औषधि दिइने गरिन्छ । रक्तचापको प्रकृति र मात्रा हेरेर कुन किसिमको औषधि दिने भन्ने चिकित्सकले सिफारिस गर्छन् । यस्तो औषधि व्यक्तिको अवस्थाअनुसार फरक हुने गर्छ ।

डाइयुरेटिक्स (पिसाब बढी गराउने) औषधि

डाइयुरेटिक्स औषधिले शरीरमा भएको तरल पदार्थ (रगतमा भएको पानी) लाई पिसाबमार्फत बाहिर निकाल्न मद्दत गर्छ । त्यसैले यसलाई पानीको चक्की पनि भनिन्छ । यसले नसा र धमनीबाट प्रवाह हुने तरल पदार्थको मात्रा कम गर्छ । र, फलस्वरुप रक्तचाप कम हुन्छ ।

यो औषधि बिहान खाना खानुअघि वा खाना खाइसकेपछि खान सकिन्छ । किनभने यो औषधि खाइसकेपछि छिनछिनमा पिसाब आइराख्ने हुन्छ । त्यसैले बेलुका खाएमा छिनछिनमा पिसाब आउँदा सुत्न नसक्ने र झन् बिरामी हुने जोखिम हुन्छ । त्यसैले बिरामीको आवश्यकताअनुसार औषधिको डोज फरक-फरक दिन्छ ।

यी औषधि पाँचदेखि १० मिलिग्रामका हुन्छन्, जुन चिकित्सकको परामर्श लिएर मात्र खानुपर्छ ।

बिटा ब्लकर

बिटा ब्लकर औषधि पनि रक्तचाप कम गर्ने औषधि हो । यसलाई बेटा–एड्रिनर्जिक रोक्ने एजेन्ट पनि भनिन्छ । यी औषधिहरूले ईपिनेफ्रिन हार्मोनको प्रभावलाई रोक्छ, जसलाई एड्रिनालिन पनि भनिन्छ । बिटा ब्लकर औषधिले मुटुलाई थप चाप नपर्ने गरी मुटु धड्कन बढाउन सहयोग गर्छ । र, उच्च रक्तचाप कम गर्छ । यो बिहान बेलुका जुनसुकै बेला खान सकिन्छ । तर दैनिक एउटै समयमा खानुपर्छ ।

एन्जियोटेन्सिन रिसेप्टर ब्लकर (एआरबीएस)

एसीई औषधि (एन्जियोटेन्सिन कन्भर्टिङ ईन्जाइम) उच्च रक्तचापको अर्को औषधि हो । यसले एन्जियोटेन्सिनको प्रभावलाई रोक्छ, एन्जियोटेन्सिन त्यस्तो रसायन हो, जसले रक्तनलीहरू साँघुरो पार्छ । एन्जियोटेन्सिनको कामलाई रोकेपछि रक्तनलीहरूलाई फराकिलो बनाउन मद्दत गर्छ । रक्तनली फराकिलो भएसँगै रगत सजिलैसँग प्रवाह गर्न हुनुका साथै यसले रक्तचाप पनि कम गर्छ । यो बेलुका सुत्नुअघि खाँदा उपयुक्त हुन्छ ।

एसीई अवरोधक (एन्जियोटेन्सिन कन्भर्टिङ ईन्जाइम ईन्हबिटर)

उच्च रक्तचापविरुद्धको एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम (एसीइ) अवरोधक औषधिले नसा र धमनीहरूलाई आराम गराई रक्तचाप कम गर्न मद्दत गर्छ । एसीई अवरोधक औषधिले एन्जियोटेन्सिन टु (कलेजोले उत्पादन गर्ने एक प्रकारको प्रोटिन)को उत्पादनलाई रोक्छ । किनकि एन्जियोटेन्सिनले रक्तनली साँघुरो पार्ने गर्छ । यो औषधि बेलुका सुत्नुअघि खाँदा उपयुक्त हुन्छ ।

सीसीबी (क्याल्सियम च्यानल ब्लकर)

क्याल्सियम च्यानल ब्लकर वर्गका उच्च रक्तचापविरुद्धका औषधिहरूले मुटुभित्र विद्युतीय प्रवाह कम गर्न गर्ने र धमनीलाई फराकिलो पार्ने काम गर्छ । फलस्वरूप रक्तचाप कम हुन्छ । उच्च रक्तचाप (हाई ब्लडप्रेसर), छाती दुखाइ (एन्जाइना) र मुटुको अनियमित चाल (एरिडमिया) नियन्त्रण गर्न प्रयोग गरिन्छ ।

यी औषधि खाइरहँदा खानेकुरा बार्नुपर्छ ?

उच्च रक्तचाप नियन्त्रणका लागि खाइने यी औषधि खाँदा केही पनि खानेकुरा बार्नुपर्दैन । कतिले नुन बार्नुपर्छ भनिन्छ, पूरै बार्नुपर्दैन सन्तुलन मिलाएर बिहान बेलुकाको खानामा ठिक्क नुन हालेर खान मिल्छ ।

‍औषधि उच्च रक्तचाप डा. माधव विष्ट
डा. माधव विष्ट
लेखक
डा. माधव विष्ट
मुटुरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७६०९ एमबीबीएस, एमडी, सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय