 
																						१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेका मन्त्रालय प्रभावकारी बनाउनका लागि पार्टी र मन्त्रालयको समन्वय गर्न नेताहरुलाई जिम्मेवारी दिइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पार्टीबाट समन्वय गर्ने गरी केन्द्रीय सदस्य गणेश कार्की, सांसद गणेश पराजुली श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सांसद असिम शाह युवा तथा खेलकुद र सह प्रवक्ता प्रतिभा रावललाई गृह मन्त्रालयमा समन्वय गर्ने गरी संयोजक तोकिएको छ ।
‘मन्त्रीलाई सुझाव दिने र सघाउने गरी यो अवधारणा ल्याइएको हो,’ केन्द्रीय सदस्य पराजुलीले अनलाइनखबरसँग भने,‘मन्त्रालयलाई सहज हुने गरी सुझाव सल्लाह दिने कार्य हुन्छ ।’
प्रत्येक समन्वय समितिको सातामा बैठक बस्ने व्यवस्था गरिएको महामन्त्री मुकुल ढकालले जानकारी गराए । प्रत्येक समन्वय समितिमा १२ जना हुने ढकालले बताए । सोमबार, मंगलबार, बुधबार र विहीबार बस्ने गरी समय निर्धारण गरिएको छ ।
सोमबार युवा तथा खेलकुद मन्त्रालयसँग समन्वय गर्ने समितिको बैठक बस्नेछ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गर्ने समितिको बैठक बस्ने कार्यतालिका बनाइएको छ । बुधबार श्रम र विहीबार गृह मन्त्रालयसँग समन्वय गर्ने समितिको बैठक बस्नेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4