+

नुनबारे जान्नैपर्ने कुरा

२०८० चैत  १६ गते १७:५० २०८० चैत १६ गते १७:५०
नुनबारे जान्नैपर्ने कुरा

नुन हाम्रो खानाको अनिवार्य हिस्सा हो । खानेकुरामा नुन कमी वा बढी हुँदा खानाको स्वाद नै परिवर्तन गरिदिन्छ । तर नुनको बढी प्रयोग हानिकारक हुनसक्छ । उच्च रक्तचाप जस्ता समस्यामा त झन् धेरै नुन हानिकारक हुनसक्ने चिकित्सक बताउँछन् ।

यससँगै उठ्ने अर्को प्रश्न हो, नुन शरीरका लागि जरुरी छ कि छैन ? नुन चटक्कै छाड्दा के हुन्छ ?

नुन किन जरुरी छ ?

आहारमा नुनको महत्त्वलाई स्वादसँग जोडिन्छ तर स्वादसँगै स्वस्थ र सन्तुलित आहारका लागि नुन अत्यन्तै जरुरी हुन्छ । किनभने यसले हाम्रो मस्तिष्कका कोषिकाहरूलाई सक्रिय बनाउँछ, हाम्रो पाचन क्रियालाई सही राख्छ, शरीरमा पानीको सन्तुलनलाई नियन्त्रण गर्छ । मांसपेशी तथा अन्य पदार्थहरूको उचित कार्यसम्पादन गर्न पनि नुन आवश्यक हुन्छ ।

नुन सेवनमा नियन्त्रण गर्न किन जरुरी छ ?

खानामा सोडियमको मात्रा कम गर्नाले रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ भन्ने देखिएको छ । त्यसैले आहारमा सोडियम कम गर्न सल्लाह दिइएका व्यक्तिहरूले कम–सोडियम नुन प्रयोग गर्नु उपयुक्त हुन्छ । दैनिक १५ ग्राम भन्दा कम नुन प्रयोग गर्नु उपयुक्त हुन्छ ।

धेरै मात्रामा नुनको प्रयोग गर्दा उच्च रक्तचापको जोखिम बढ्छ । त्यसैले सोडियमको सेवन उचित मात्रामा गर्नुपर्छ ।

छिट्टै बुढ्यौली निम्तिन सक्छ

अत्याधिक नुन सेवनले छिट्टै बुढ्यौली बनाउन सक्छ । किनभने अधिक नुनले आँखाको स्वास्थ्यलाई हानि पुर्‍याउँछ । अत्याधिक नुन सेवनले रगतको गुणस्तर घटाउँछ, जसकारण शरीरमा चाँडो बुढ्यौलीको लक्षण देखिन थाल्छ ।

धेरै नुन खाने मानिसको कपाल छिट्टै झर्न थाल्छ । कपाल सेतो हुन्छ र छालामा चाँडै दागहरू देखा पर्दछ ।

नुन कति प्रयोग गर्ने ?

विज्ञहरूले सर्वसम्मतिले दैनिक सोडियमको सेवन लगभग २३ सय मिलिग्राम हुनुपर्छ भन्छन् । जुन ५ ग्राम नुन (एक चम्चा) बराबर हो । तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरू उष्ण र आर्द्र मौसममा र जिममा धेरै पसिना बगाउनेहरुलाई भने केही मात्रामा बढी नुन चाहिन्छ । तर सोडियमको मात्रा भने कम गर्नुपर्छ ।

उच्च रक्तचाप, शरीरका अंगहरु सुन्निने समस्या, कलेजो फेल, मिर्गौला फेल, कन्जेस्टिभ हार्ट फेल, नेफ्रोटिक सिन्ड्रोम र मिर्गौला डिसफंक्सन र भिर सिरोसिस भएका व्यक्तिका लागि कम सोडियम आहार सिफारिस गरिन्छ ।

सोडियमको कटौती कसरी गर्ने ?

धेरै पानी पिउने, धेरै पोटासियमयुक्त खानेकुरा खाने (जसले सोडियम सन्तुलन गर्न मदत गर्छ), नुन थपेर खाने बानी हटाउने, फलफूल र सलाद खाँदा माथिबाट नुन छरेर खाने बानी हटाउनुपर्छ ।

बजारमा पाइने हरेक खानेकुरामा नुनको प्रयोग भएको हुन्छ । प्याकेट बन्द खानेकुरादेखि डिब्बाबन्द खानेकुरामा नुनको प्रयोग भएको हुन्छ । १०० ग्राम भन्दा बढी सोडियमको प्रयोग भएको खानेकुरा नखानु नै राम्रो हुन्छ । त्यसैले कुनै पनि खानेकुरा किन्नुअघि त्यसको लेबल पढेर मात्र खरिद गर्नु उपयुक्त हुन्छ ।

नुन स्वास्थ्य
आयुष अधिकारी
लेखक
आयुष अधिकारी
पोषणविद्

अधिकारी हाल काठमाडौं हेल्दी च्वाइसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय