+
+

माग पूरा नभए पुनः संघर्षमा उत्रिने आरती साहका परिवारको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १६:४५

२० चैत, काठमाडौं । आरती साहका परिवारले सहमतिअनुसार माग पूरा नभए पुनः संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

आरतीकी आमा निर्मलादेवी र दाइ प्रेम साहले मंगलबार विज्ञप्ति जारी गर्दै न्यायिक संघर्षमा पूर्व सहमतिअनुसार राज्य पक्ष इमान्दर भइदिन आग्रह गरेका छन् ।

आरती साहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै १० महिनादेखि परिवारका सदस्यहरूले संघर्ष गर्दै आइरहेका थिए । २९ फागुनमा गृह मन्त्रालय र पीडित परिवारबीच ५ बुँदे सहमति भएपछि संघर्षका कार्यक्रम स्थगित गरिएको थियो ।

सम्झौतामा उच्चस्तरीय छानबिन गरी पुरक प्रतिवेदन तयार पार्ने उल्लेख छ । छानबिन सुरू नहुँदै आरोपीलाई धरौटीमा छोड्ने निर्णयप्रति परिवारले आपत्ति जनाएका छन् ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले घटना शंकास्पद रहेको भन्दै जनकपुरधामको काव्या अस्पतालबाट आरतीको शव नियन्त्रणमा लिएको थियो । माइतीपक्षले आरतीको हत्या भएको भन्दै पति र ससुराविरुद्ध उजुरी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?