+
+

नेपाल फिफा वरीयतामा ३ स्थान तल झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १४:५९

२२ चैत, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय टिमको फिफा वरीयता घटेको छ । बिहीबार फिफाले निकालेको नयाँ वरीयतामा नेपाल ३ स्थान तल झरेको हो ।

१७५औं स्थानमा रहेको नेपाल ३ स्थान तल झर्दै १७८ मा पुगेको छ । फिफा विश्वकप २०२६ को छनोट खेलमा लगातार खराब प्रदर्शन गरेका कारण नेपालको वरीयता घटेको हो ।

दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ । तथापी भारतको पनि फिफा वरीयतामा भने गिरावट आएको छ । ११७ स्थानबाट ४ स्थान घटुवा हुँदै १२१ औं स्थानमा आएको हो ।

माल्दिभ्स  १६१औं स्थानमा रहँदै दक्षिण एसियामा दोस्रो स्थानमा रहेको छ । नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा छ । बंगलादेश १८४औं स्थान, भुटान १८५औं, पाकिस्तान १९५औं र श्रीलंका २०४औं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?