+

शरीरको नापजाँच : उमेर र उचाइअनुसार सही तौल कति हुनुपर्छ ?

२०८० चैत  २९ गते १३:३१ २०८० चैत २९ गते १३:३१
शरीरको नापजाँच : उमेर र उचाइअनुसार सही तौल कति हुनुपर्छ ?

शरीरको तौल सन्तुलित हुँदा धेरै गम्भीर रोगको जोखिम कम गर्छ । स्वस्थ आहार र सक्रिय जीवनशैली अपनाएर तौल नियन्त्रणमा राख्न र गम्भीर रोगको सिकार हुनबाट बच्न सकिन्छ । सामान्य तौलको परिभाषा हरेक व्यक्तिको लागि फरक हुन्छ । मानिसको शरीरको प्रकार, उचाइ, उमेर र शारीरिक अवस्थाका आधारमा व्यक्तिको तौल फरक–फरक हुनसक्छ ।

मानिसहरूले सामान्यतया बडी मास इन्डेक्स ‘बीएमआई’को आधारमा तौल नाप्ने गर्छन् । बीएमआई निकाल्न आफ्नो उचाई मिटरमा र वजन केजीमा नाप्नुपर्छ । उचाईमा आएको मिटरलाई दुई पटक गुणन गरेपछि आउने प्रतिफलले वजनलाई भाग गर्दा जुन अंक आउँछ, त्यही बडी मास इन्डेक्स हो ।

सामान्य तौललाई कसरी बुझ्ने ?

आधुनिक जीवनशैलीमा हरेक मानिसको खानपान, स्वास्थ्य र जीवनशैली फरक-फरक हुन्छ । तौल पनि व्यक्तिको खानपान, जीवनशैली र स्वास्थ्यका आधारमा बढ्छ वा घट्छ । तौललाई सही रूपमा बुझ्नको लागि व्यक्तिको उचाइ, तौल, उमेर, स्वास्थ्य र रोगसँग सम्बन्धित कुरा अध्ययन गरिन्छ । सामान्यतया उमेर, लिङ्ग र उचाईको आधारमा व्यक्तिपिच्छे फरक हुनसक्छ । साथै बडी मास इन्डेक्स बाहेक तौल व्यक्तिको शारीरिक अवस्था, रोग, आहार आदि अनुसार फरक हुनसक्छ ।

उमेर र उचाइअनुसार सामान्य तौल निम्नानुसार छ :

उमेर अनुसार पुरुषको वजन

१२ देखि १४ वर्ष ३२–३८ केजी

१५ देखि २० वर्ष ४०–५० केजी

२१ देखि ३० वर्ष ६०–७० केजी

३१ देखि ४० वर्ष ५९–७५ केजी

४१ देखि ६० वर्ष ५८–७० केजी

६० वर्षभन्दा माथि ६८ केजी

उमेरअनुसार महिलाको तौल

१२ देखि १४ वर्ष ३२–३६ केजी

१५ देखि २० वर्ष ४५ केजी

२१ देखि ३० वर्ष ५०–६० केजी

३१ देखि ४० वर्ष ६०–६५ केजी

४१ देखि ६० वर्ष ५९–६३ केजी

उचाइद्वारा सामान्य वजन

४ फिट १० इन्च – ४१–५२ केजी

५ फिट – ४४–५५.७ केजी

५ फिट २ इन्च – ४९–६३ केजी

५ फिट ४ इन्च – ४९–६३ केजी

५ फिट ६ इन्च – ५३–६७ केजी

५ फिट ८ इन्च – ५६–७१ केजी

५ फिट १० इन्च – ५९–७५ केजी

६ फिट – ६३–८० केजी

बालबालिका र युवाहरूको लागि स्वस्थ वजन

बालबालिका र युवाका लागि ‘वर्नर र वेटब्रिट’को तालिका प्रयोग गरेर स्वस्थ तौल अनुमान गर्न सकिन्छ ।  यी तालिकाहरूमा, स्वस्थ वजन दायराहरू उमेर र उचाइमा आधारित छन् ।

सामान्यतया बालबालिकाको तौल उमेरसँगै बढ्दै जान्छ, तर यो उनीहरूको उचाइ र अन्य कारकहरूमा पनि निर्भर गर्छ ।

युवाहरूका लागि स्वस्थ तौल तिनीहरूको उमेर, उचाइ, लिङ्ग र शारीरिक गतिविधिको आधारमा निर्धारण गरिन्छ ।

वयस्कका लागि स्वस्थ वजन

बडी मास इन्डेक्स प्रयोग गरेर वयस्कका लागि स्वस्थ तौलको मूल्यांकन गरिन्छ । बीएमआईले तौल र उचाइको अनुपात नाप्छ । बीएमआईको लागि संयुक्त राष्ट्र संघको मानक प्रयोग गरिन्छ ।

सामान्यतया उमेर बढ्दै जाँदा शारीरिक गतिविधि कम हुन्छ र वजन बढ्ने जोखिम बढ्छ । त्यसैले बीएमआई संख्या पनि उमेरसँगै बढ्छ ।

सन्तुलित र पौष्टिक आहार सेवन, नियमित व्यायाम र सक्रिय जीवनशैली अपनाएर तौल नियन्त्रणमा राख्न सकिन्छ । अत्याधिक तौल बढ्नु र तौल घट्नु दुवै चिन्ताजनक अवस्था हुन् । यस्तो अवस्थामा डाक्टरसँग परामर्श गरेर उपयुक्त कदम चाल्नुपर्छ । अधिक तौलका कारण उच्च रक्तचाप, मधुमेहलगायतका गम्भीर रोग लाग्ने खतरा हुन्छ ।

एजेन्सीको सहयोगमा

शरीरको तौल स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय