+
+

एनभीए अवार्ड  : पुलिसका रविन र उषा उत्कृष्ट खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते २३:००

३० चैत, काठमाडौं । नेपाल पुलिस क्लबका रविन चन्द र उषा भण्डारी वर्षको उत्कृष्ट भलिबल खेलाडी घोषित भएका छन् ।

नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको चौथो एनभीए अवार्डमा रविन पुरुषतर्फ र उषा महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । पुलिसका क्लबका दुवैले समान ५० हजार र ट्रफी पाए ।

यस्तै नेपाल पुलिस महिला टिमका प्रशिक्षक रुपेश विष्टले महिला टिमको प्रशिक्षकतर्फको अवार्ड पाए भने पुरुषतर्फ गण्डकीका रमेश केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । दुवैले ट्रफी र समान ५० हजार प्राप्त गरे ।

एपिएफका हेमन्त बहादुर मल्ल र न्युडायमण्डकी प्रगती नाथले उत्कृष्ट उदियमान खेलाडीको अवार्ड जिते । उनीहरुले पनि ट्रफीसहित नगद ५० हजार प्राप्त गरे ।

टिमतर्फ गण्डकी प्रदेशको पुरुष टिम र नेपाल पुलिस क्लबको महिला टिम उत्कृष्ट टिम घोषित भएको छ । उत्कृष्ट टिम घोषित भएका दुवैले समान २ लाख र ट्रफी प्राप्त गरे ।

अवार्ड समारोहमै नेपाली राष्ट्रिय पुरुष टिमका पूर्व कप्तान इम बहादुर मगरलाई पनि संघले नगद ५० हजारसहित सम्मान गरेको छ । नेपाली भलिबलमा पुर्याएको योगदानको कदर गर्दै संघले उनलाई सम्मान गरेको हो ।

सोही अवसरमा राष्ट्रिय वाणिज्य बैंकका पूर्व सिइओ किरण श्रेष्ठलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो । यसैगरी  हाम्रो खेलकुद डटकमाप्रधान सम्पादक रहेका खेलपत्रकार प्रकाश तिमल्सिना पनि नगद ५० हजार रुपैयाँबाट सम्मानित भए ।

नेपाल भलिबल संघले वर्षभर उत्कृष्ट काम गर्ने विभिन्न क्लब, प्रदेश भलिबल संघ र जिल्ला भलिबल संघहरुलाई पनि सम्मान गरेको थियो ।

 

उत्कृष्ट अवार्ड प्राप्त गर्नेहरु

वर्ष खेलाडी पुरुष  : रविन चन्द, नेपाल पुलिस क्लब

वर्ष खेलाडी महिला  : उषा भण्डारी, नेपाल पुलिस क्लब

उदियमान खेलाडी पुरुष  : हेमन्त बहादुर मल्ल, एपिएफ

उदियमान खेलाडी महिला : प्रगती नाथ, न्युडायमण्ड

उत्कृष्ट प्रशिक्षक पुरुष : रमेश केसी, गण्डकी प्रदेश

उत्कृष्ट प्रशिक्षक महिला : रुपेश विष्ट, नेपाल पुलिस क्लब

उत्कृष्ट टिम पुरुष : गण्डकी प्रदेश

उत्कृष्ट टिम महिला : नेपाल पुलिस क्लब

 

फोटो : विशाल पन्थ/राखेप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?