+
+

सल्यान बस दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

रासस रासस
२०८१ वैशाख ५ गते १४:५२

५ वैशाख, दाङ । सल्यानमा बुधबार बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ ।

इलाका प्रहरी कार्यालय सल्यान, थारमारेका प्रहरी निरीक्षक नवीन थापा मगरले दिएको जानकारीअनुसार तुलसीपुर उपमहानगरपालिका–४ का ४६ वर्षीय विष्णु विक, रुकुम त्रिवेणी गाउँपालिका–२ का २२ वर्षीया चित्रा पुन, उनका ६ वर्षीय छोरा रमेश पुन र तुलसीपुर–१९ बिजौरीका २९ वर्षीय कृष्ण चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको हो ।

चारै जनालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि रेफर गरिएको प्रहरी निरीक्षक मगरले जानकारी दिए । उनका अनुसार अन्य १० जना घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्र तथा स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

दाङको घोराहीबाट पूर्वी रुकुमतर्फ गइरहेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाङ खोलामा दुर्घटनामा परेको थियो । दुर्घटनामा परी २२ जना यात्रु घाइते भएका थिए । ८ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?