+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

झापामा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १८:५०

१७ वैशाख, काठमाडौं । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।

झापाको झापा गाउँपालिकास्थित कुमरखोदमा गोली हानेर प्रहरीले सरिकुल आलमलाई पक्राउ गरेको हो ।

झापा प्रहरी प्रमुख एसपी मिलन केसीले लागुऔषध नियन्त्रण ब्यूरोसँगको संयुक्त अपरेसनका क्रममा उनलाई पक्राउ गरिएको पुष्टि गरे ।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कुमरखोदमा उनले लागुऔषध कारोबार गर्न लागेको सूचना पाएपछि प्रहरी परिचालित भएकाे थियो । ‘लामो समयदेखि उनी त्यसक्षेत्रबाट लागुऔषध ओसारपसारमा संलग्न थिए’, केसीले भने, ‘त्यसक्रममा सर्भिलेन्समा राखिरहेका बेला एउटा घरमा डिल हुन लागेको सूचना थियो ।’

घरमा गएर जाँच गर्न थालेपछि उनले खुकुरी लिएर प्रहरीलाई आक्रमण गर्न खोजेको एसपी केसीले बताए । त्यसक्रममा प्रहरीले गोली हानेर उनलाई पक्राउ गरेको हो । घाइते आलमलाई प्रहरीले अस्पतालतर्फ ल्याउँदैछ ।

गएराति वीरगञ्जमा पनि प्रहरीले गोली चलाएर लागुऔषध कारोबारी भारतीय नागरिक बब्लु पासवानलाई पक्राउ गरेको थियो । उनी काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मद हत्यामा संलग्न आरोपी समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?