 
																			१८ वैशाख, काठमाडौं । घटनामा संलग्न नै नभएको अवस्थामा नक्कली भ्याट बिल बनाएको आरोपमा मुद्दा चलेका बाराका उमाशंकर रायभरले उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।
न्यायाधीशहरू दीपेन्द्र अधिकारी र डिल्लीरत्न श्रेष्ठको इजलासले नक्कली भ्याट बिल बनाउने काममा संलग्न नभएको ठहर गर्दै उनलाई सफाइ दिएको हो ।
उनको कागजात प्रयोग गरेर नक्कली भ्याट बिल बनाउने समूहले कम्पनी खडा गरेको थियो । उनकै नाममा स्थापित कम्पनीबाट नक्कली कारोबार भएको थियो ।
नक्कली भ्याट बनाउने काममा उमाशंकर संलग्न भएको दाबी गर्दै राजस्व अनुसन्धान विभागले उनीविरुद्ध २८ करोड रुपैयाँ विगो मागदाबी गरेको थियो । ११ महिना थुनामा परेका उनी पछि सर्वोच्च अदालतको आदेशपछि धरौटीमा छुटेका थिए ।
‘घटनामा संलग्न नै नभएको निर्दोष व्यक्तिलाई फसाएर झुटो मुद्दा दायर भएको थियो, आज अदालतले सफाइ दिएको छ’ उमाशंकरको कानूनी प्रतिरक्षामा संलग्न अधिवक्ता राधिका खतिवडाले भनिन्, ‘काठमाडौं आउने पैसा समेत नभएर उनी झापाको मोटरसाइकल वर्कसपमा काम गरिरहेका छन् । उनलाई न्याय दिलाउन पाउँदा औधी खुसी लागेको छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4