+

७ सर्वोत्तम पेय, जुन घरमै बनाउन सकिन्छ

२०८१ जेठ  १ गते ७:०० २०८१ जेठ १ गते ७:००
७ सर्वोत्तम पेय, जुन घरमै बनाउन सकिन्छ

गर्मी बढ्दो छ । तिर्खा लाग्दा के पिउने ? यतिबेला चिसो पेयले आँत भर्न मन लाग्छ । अतः यसका थुप्रै विकल्प छन् ।

पानी वा जुसका अतिरिक्त केही यस्ता पेय तयार गर्न सकिन्छ, जो स्वस्थ्यवर्द्धक पनि होस् । साथै घरमै उपलब्ध सरसामानले बनाउन सकियोस् । छिटो–छरितो होस् ।

पुदिना र कागतीको जुस

गर्मीमा सजिलै घरमा बनाएर खान सकिने पेय पदार्थ हो, पुदिना र कागतीको जुस । यो सर्बतमा कागती र पुदिना मिसाएर बनाउछ सकिन्छ । यसका लागि पुदिनालाई सफा मिक्स्चरमा राखेर कागती र पुदिना मिसाउनुपर्छ ।

पानीमा कागती र पुदिना मिसाएर बन्ने पुदिना कागती पिउँदा एकदमै फाइदा गर्छ । गर्मी मौसममा हुने पाचनसम्बन्धी समस्याबाट पनि छुट्कारा पाउनका लागि यो पानी एकदमै फाइदाजनक हुन्छ । पेट पोल्ने तथा छाती पोल्ने जस्तो समस्याबाट छुटकारा पाउनका लागि पनि यो पानी एकदमै फाइदाजनक हुन्छ । यसले शरीरलाई शीतल बनाउने काम गर्छ ।

मोही

गर्मीयाममा धेरै पिउने पेय पदार्थमध्ये एक हो मोही । यो दूध जमाएर बनाइएको दही वा तरमा तातो मिसाएर मिक्चरमा राखेर सजिलै बनाउन सकिन्छ । पहिला गाउँघरमा मात्रा खाने चलन थियो भने हिजोआज सहरमा पनि यसको प्रयोग धेरै गरिन्छ ।

मोही स्वास्थ्यको लागि निकै लाभदायक छ । यसमा क्याल्सियम, राइबोफ्लेभिन, प्रोटिन जस्ता स्वास्थ्यवर्द्धक पोषक तत्व पर्याप्त मात्रामा हुन्छ । मोही पिउँदा कब्जियत र डिहाइड्रेसनको समस्या पनि कम हुन्छ । यसलाई दिनमा दुई-तीन पटकसम्म पिउन सकिन्छ ।

धनियाँको जुस

धनियाँ मसिनो गरी मिक्सरमा पेल्ने, सिलौटामा कुट्ने, त्यसपछि त्यसमा पानी हालेर मज्जाले माड्नुपर्छ, यसपछि तयार हुन्छ धनियाँको जुस । उदाहरणका लागि धनियाँ २५ ग्राम छ भने त्यसमा ६ देखि १६ गुणा पानी अर्थात् १५० देखि ६०० लिटरसम्म मिसाउनुपर्छ ।

माडेको धनियाँलाई रातभरि छोड्ने र बिहान त्यसलाई छानेर आवश्यकताअनुसार दिनको दुईदेखि तीन पटक पिउन सकिन्छ । यसले पाचनप्रक्रिया बलियो बनाउने र गर्मीयाममा हुने विभिन्न संक्रमणबाट टाढा राख्न मद्दत गर्छ । यसलाई बिहान खाली पेटमा र खाना खाएको एकदेखि डेढ घण्टापछि पिउनु लाभदायक हुन्छ । यसले शरीरलाइ हाइड्रेट राख्न मद्दत गर्छ ।

बेलको सर्वत

गर्मीयाममा शरीरलाई हाइड्रेट र पाचन प्रक्रिया बलियो बनाउन बेलको सर्बत पनि राम्रो हुन्छ । यो जुस पाकेको बेलको बनाइन्छ । यसमा आवश्यकताअनुसार सक्खर, गुड वा मिश्री मिश्रण गरेर पिउन सकिन्छ । यसलाई खाली पेटमा भन्दा खाना खाइसकेको पिउन लाभदायक हुन्छ । यसलाई दिनको ४० एमएलसम्म पिउन सकिन्छ ।

इम्ली सर्बत

इम्लीको सर्बत पनि गर्मीयाममा सजिलै घरमा बनाउन सकिने जुसमध्ये एक हो । यो पाकेको इम्लीबाट बनाउन सकिन्छ । यसमा भएको रेसा बीउ निकाल्नुपर्छ । त्यसपछि इम्ली भन्दा ६ देखि १६ गुणा पानी राखेर इम्ली माड्ने र यसलाई रातभरि भिजाएर राख्नुपर्छ ।

२५ ग्राम इम्लीमा १५० देखि ६०० लिटरसम्म पानी मिसाउन सकिन्छ । एकरात भिजाएर राखेर इम्लीलाई छानेर त्यसमा स्वादका लागि आवश्यकताअुनसार सक्खर, गुड र मिश्री मिसाउन सकिन्छ । यो दिनमा दुई-तीन पटक पिउन सकिन्छ । यसले पनि पाचन प्रणाली बलियो बनाएर कब्जियत जस्ता समस्याबाट टाढा राख्छ ।

मरिच र पानी

गर्मीयाममा मरिचलाई रातभरि भिजाउने र त्यसलाई उमालेर स्वादअनुसार बीरेनुन वा आयोनुन राखेर पिउन सकिन्छ । यसमा कागती पनि मिसाउन सकिन्छ । मरिचले रुघाखोकीबाट बचाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा पाचन ठीक रहनुका साथै भोक जगाउन मद्दत गर्छ ।

मौसमी फलफूलको जुस

कुनै रसिलो मौसमी फलको पनि सर्बत बनाउन सकिन्छ, जस्तो खर्बुजा, जुनारको जुस । यसमा म्याग्नेसियम, सोडियम, फस्फोरस, क्याल्सियम, भिटामिन बी जस्ता पोषक तत्व पाइन्छ । यसले शरीरमा ऊर्जा प्रदान गर्नुका साथै डिहाइड्रेसन हुनबाट जोगाउँछ ।

डा. पुनेश्वर केशरी
डा. पुनेश्वर केशरी
लेखक
डा. पुनेश्वर केशरी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेद काउन्सिल दर्ता नम्बर : ०४१ एमडी (आयुर्वेद-द्रव्यगुण विज्ञान, (बैंग्लोर, भारत) आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागको जडिबुटी तथा औषधि व्यवस्थापन शाखा प्रमुख, विश्व स्वास्थ्य संगठनको आईसीडी-११, ट्राडस्नल मेडिसिन मोड्युल २ को फोकल पर्सन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय