+

चर्च ब्वाइज र त्रिभुवन आर्मीलाई एएफसी क्लब लाइसेन्स

२०८१ वैशाख  ३१ गते १८:३६ २०८१ वैशाख ३१ गते १८:३६
चर्च ब्वाइज र त्रिभुवन आर्मीलाई एएफसी क्लब लाइसेन्स

३१ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एएफफसी क्लब लाइसेन्स पाउने भएका छन् ।

आगामी सिजन २०२४/२५ का लागि दुई क्लबलाई एएफसी लाइसेन्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाको क्लब लाइसेन्सिङ युनिटको विषयमा निर्णय गर्ने निकाय फर्स्ट इन्स्टेन्स बडी (एफआईबी) द्वारा गरिएको अध्ययन प्रक्रियापछि एएफसी लाइसेन्स प्रदान गरिएको एन्फाले जनाएको छ ।

विभागीय टोली आर्मीले लगातार क्लब लाइसेन्स प्राप्त गर्दै आएको छ । पहिलो पटक ए डिभिजन लिग खेल्दा नै २०७९/८० मा उपाधि जितेको चर्च ब्वाइजले पहिलो पटक क्लब लाइसेन्स पाएको हो ।

क्लब लाइसेन्स पाएका क्लबहरूले एएफसीको क्लब प्रतियोगिता खेल्न पाउने छन् । लिग विजेता चर्च ब्वाइजले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने एन्फाले जनाएको छ ।

२०२४/२५ को सिजन नेपाली क्लबले एएफसीको तेस्रो श्रेणीको प्रतियोगिताको छनोट चरण खेल्न पाउनेछ । जसमा नेपालका लागि एक क्लबको मात्र कोटा छुट्याइएको छ ।

एएफसी क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय