+
+

अनिल सिंह अधिकारीको ‘सम्झ दिन त्यो’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ५ गते २:००

काठमाडौं । गायक अनिल सिंह अधिकारीले ‘सम्झ दिन त्यो’ गीत सार्वजनिक गरेका छन् । अनिलकै शब्द तथा संगीत रहेको गीतलाई मानस्वी मालाकारले एरेन्ज गरेका छन् ।

बाल्यकालका रमाइला स्मृतिलाई प्रस्तुत गर्ने गीतको भिडियोमा लामो समय विदेशमा काम गरेर फर्किएको युवकले आफनो आफन्त र साथीसंगी भेट हुँदाको पललाई चित्रण गरेको छ ।

मानव सुवेदीले निर्देशन गरेको भिडियोमा विवेक खड्का, भावना उप्रेती, सुदीप पटेल र राजन न्यौपानेले अभिनय गरेका छन् ।

भिडियोमा सौरभ लामिछानेको छायांकन, सम्पादन तथा कलर संयोजन छ । गीत अनिलकै युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?