+
+
साताको सेयर समीक्षा :

सेयर बजार ११३ अंक बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए धेरै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १७:४८

११ जेठ, काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ११३ अंक अर्थात् ५.६ प्रतिशत बढ्यो । गत साता २०१८ अंकमा बन्द भएको बजार यो साता २१३१ अंकमा बन्द भयो । गत साता नेप्से २.६ प्रतिशत बढेको थियो । विगत दुई साता बजारले राम्रो लय समातेपछि लगानीकर्ता आशावादी बनेका छन् ।

बिहीबार सार्वजनिक विदा भएकाले कारोबार बन्द रह्यो ।  खुलेका चारै दिन बजार बढ्यो । पहिलो दिन आइतबार ४५.६९ अंक बढेको बजार सोमबार २७.५४, मंगलबार २३.९४ र बुधबार १५.५४ अंक बढ्यो ।

अंक मात्रै बढेको छैन, कारोबार रकम पनि हरेक दिन ५ अर्ब नाघेको छ । आइतबार ५ अर्ब २५ करोडको कारोबार भएकोमा सोमबार ५ अर्ब ८५ करोड, मंगलबार ५ अर्ब २० करोड र बुधबार ५ अर्ब ६८ करोडको कारोबार भयो । समूहगत रुपमा हेर्दा यो साता बैंकिङ सूचक सबैभन्दा धेरै १३.४ प्रतिशत बढ्यो । एक सातामै ‘हाइक्याप समूह’ बैंकिङ दोहोरो अंकको वृद्धिदर हुनुले समग्र बजारप्रति लगानीकर्ताको मनोभाव सकारात्मक बनाएको छ ।

बैंकिङमा एकाएक किन देखियो उत्साह ?
बैंकिङ समूहमा हाल उत्साह देखिनुमा मुख्यतः ३ कारण छन् । पहिलो कारण, न्यून मूल्यमा झर्नु । कतिपय बैंकको मूल्य प्रतिसेयर नेटवर्थभन्दा तल झरेको थियो । ब्याजदर,  लगानीयोग्य रकमजस्ता महत्त्वपूर्ण पक्षले साथ दिँदादिँदै पनि बैंकको मूल्य न्यून विन्दुमा झरेपछि संस्थागत र ठूला लगानीकर्ताले खरिद बढाए । कतिपयले नयाँ खरिद गरे भने कतिले ‘एभरेजिङ’ गरे । कतिपय बैंक अझै पनि २ सयमुनि छन् ।

त्यस्तै दोस्रो कारण हो, राष्ट्र बैंकले हालै बैंकहरूलाई लगानी बिक्रीमा गरेको सहजीकरण । बैंक तथा वित्तीय संस्थाले एक वर्ष नाघेको लगानीबाट एक आर्थिक वर्षमा बिक्री गर्न पाउने सीमा प्राथमिक पूँजीकोषको २० प्रतिशतसम्म कायम गरिएको छ । पहिले सो सीमा एक प्रतिशत मात्रै थियो ।

यो व्यवस्थाले बैंकहरूलाई विभिन्न कम्पनीका सेयरमा लगानी गरी थप नाफा लिनका लागि प्रोत्साहन गर्दछ । बजार घटेका बेला यस्तो मौका आउनाले बैंकको नाफा बढाउन पनि योगदान पुग्ने छ । कर्जा प्रवाह बढ्न नसक्दा बैंकको ब्याज लागत बढ्ने डर थियो, तर यो व्यवस्थाले बैंकहरुलाई लगानीका लागि राम्रो ढोका खोलिदिएको छ ।

तेस्रो महत्त्वपूर्ण कारण ब्याजदर घट्दै जानु र कर्जा प्रवाह न्यून हुनु । ब्याजदर घट्दा पनि बैंकबाट कर्जा प्रवाह बढ्न सकेको छैन, यस्तो अवस्थामा निक्षेप संकलनभन्दा सेयर बजारतिर लगानी मोडिन्छ भने जोखिम लिन चाहनेले पनि कर्जा लिएर लगानी गर्छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ वैशाखमा वाणिज्य बैंकहरूको कुल निक्षेप २६ अर्ब १९ करोडले बढेको छ । तर सोही अवधिमा कर्जा भने १५ अर्ब १९ करोडले नै घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?