+

१० राम्रा बानी, जसले सधैं स्वस्थ रहन मद्दत गर्छ

२०८१ जेठ  २१ गते १४:१५ २०८१ जेठ २१ गते १४:१५
१० राम्रा बानी, जसले सधैं स्वस्थ रहन मद्दत गर्छ

भनिन्छ, स्वास्थ्य नै धन हो । त्यसकारण आफूलाई स्वस्थ राख्नु जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । राम्रो स्वास्थ्यका लागि धेरै त्यस्तो केही गर्नुपर्दैन । सजिलै साना-साना कुराहरुलाई व्यवस्थापन गरेर पनि हामी सजिलै स्वस्थ रहन सक्छौं ।

स्वस्थ रहन केही राम्रा बानी अपनाउनु धेरै महत्वपूर्ण हुन्छ । कतिपय कुरामा हामी लापरवाही भएर आफूलाई बिरामी बनाउँछौं । यसले सानो कुराले ठूलो समस्या निम्त्याउन सक्छ ।

कहिलेकाहीं स–साना रोग ठूला रोगको कारण बन्न सक्छन् भन्ने कुरामा गम्भीर बनौं । तसर्थ आफ्नो स्वास्थ्यसँग खेलबाड गर्नुको सट्टा यी १० राम्रा बानी आफ्नो दैनिक जीवनमा अपनाएर आफूलाई स्वस्थ राख्ने कोसिस गर्न सकिन्छ ।

बाहिरबाट घर आएपछि खाना पकाउनुअघि र खाना खाइसकेपछि साबुन पानीले राम्ररी हात धुने गर्नुपर्छ । अझ विशेष ध्यान दिनुपर्ने घरमा साना नानीबाबुहरु छन् भने यो विषयलाई अझ गम्भीर भएर पालना गर्नुपर्छ । बच्चालाई लिनुअघि हात राम्ररी धोएर वा सेनिटाइजरको प्रयोग गर्नुपर्छ ।

घरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । विशेषगरी भान्साघर तथा शौचालयमा पानी जम्मा हुन नदिने र भाँडा माझ्ने बेसिन, भान्छाको भुईं फिनेल र क्लिनर प्रयोग गरेर नियमित रूपमा सफा गर्नुपर्छ ।

ताजा तरकारी र फलफूल सेवन गर्नुका साथै मसला, खाद्यान्न तथा अन्य सामग्री राम्ररी भण्डारण गर्नुपर्छ । दैनिक प्रयोग गर्ने सामानको म्याद सकिएको छ कि छैन भन्नेमा विशेष ध्यान दिनुपर्छ । यसबाहेक कुनै पनि खानेकुरा खुला नराख्ने, काँचो र पकाएको खाना अलग–अलग राख्ने, खाना पकाउन र खानका लागि प्रयोग हुने भाँडाकुँडा, फ्रिज, चुल्हो दिनदिनै धुनुपर्छ । भिजेका भाँडाहरू सिधै र्‍याकमा नराखी नरम कपडाले पुछेर वा घाममा सुकाएर मात्र राख्ने गर्नुपर्छ ।

धेरै तेल, मसला, पकाएको र भारी खानेकुराको सेवन नगर्ने र सही तापक्रममा खाना पकाउने गर्नुपर्छ । किनभने तरकारी धेरै पकाएमा त्यसको पौष्टिक तत्वहरूलाई नष्ट हुने सम्भावना हुन्छ । सकेसम्म सधैं ताजा खानेकुरा खानुपर्छ । साथै, ओभन प्रयोग गर्दा तापक्रममा विशेष ध्यान दिनुपर्छ ।

आफ्नो दैनिक आहारमा सलाद, दही, दूध, हरियो सागसब्जी, दाल आदि अनिवार्य प्रयोग गर्ने, खानामा विविधता समावेश गर्न प्रयास गर्ने, खाना पकाउँदा वा पिउँदा सफा पानी प्रयोग गर्ने र तरकारी तथा फलफूल राम्ररी धोएर खाने गर्नुपर्छ ।

पकाउनका लागि असंतृप्त वनस्पति तेल जस्तै भटमास, सूर्यमुखी, मकै वा जैतुनको तेलको प्रयोगलाई प्राथमिकता दिनुहोस् । खानामा चिनी र नुन दुवैको मात्रा कम गर्नुहोस् । जंकफुड, सफ्ट ड्रिंक्स र कृत्रिम चिनीले बनेको जुस सेवन गर्नुहुँदैन । रातिको खाना आठ बजेसम्म खाने प्रयास गर्नुहोस् । राति हल्का मात्रै खाना खानुहोस् । सुत्नुअघि १५ देखि २० मिनेट हिंड्न नबिर्सनुहोस् ।

आफ्नो आराम गर्ने वा सुत्ने कोठा सफा, हावायुक्त र फराकिलो राख्नुपर्छ । नियमित रुपमा ओछ्यान, तकिया र पर्दा परिवर्तन गर्नुपर्छ । सकेसम्म डस्ना सिरक हप्ता वा महिनाको एकचोटि घाममा सुकाउने वा टक्टकाउने गर्नुपर्छ ।

एकाग्रता बढाउन र तनावबाट टाढा रहन ध्यान, योग वा ध्यानको प्रयोग आवश्यक छ । त्यसैले बिहान आफ्नो लागि समय निकाल्ने, चाँडै उठ्ने, नियमित व्यायाम वा योग गर्ने बानी बसाल्नुपर्छ ।

हरेक दिन कम्तीमा आधा घण्टा व्यायाम गर्ने र दैनिक व्यायाम गर्ने तरिका परिवर्तन गरिरहनुपर्छ । जस्तै- कहिले एरोबिक्स गर्ने र कहिले छिटो हिंड्ने गर्नुपर्छ । समय पाउन सक्नुहुन्न भने तपाईंको कार्यालय वा घरको सिंढी चढ्ने गर्ने र छिटो हिंड्ने र अफिसमा पनि लामो समय एउटै पोजिसनमा नबस्ने समय-समयमा हिंडडुल गर्ने गर्नुपर्छ ।

४५ वर्ष पुगेपछि नियमित रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ । चिकित्सकले कुनै औषधि दिएको अवस्थामा त्यसलाई नियमित सेवन गर्नुपर्छ । आफ्नो लागि समय निकाल्ने, बच्चाहरूसँग खेल्ने, परिवारसँग मनोरञ्जनका लागि समय निकाल्नुपर्छ । रिसलाई आफूमाथि हाबी हुन नदिने गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

जीवनशैली बानी व्यवहार स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?

एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?