+
+
Shares

झुसिल्किरो र म

डा. भरतमान श्रेष्ठ डा. भरतमान श्रेष्ठ
२०८१ जेठ २३ गते १०:२९

ऊ जन्मियो र जन्मिने बित्तिकै खान थाल्यो

आफ्नै जन्मथलोका पात, डाँठ, फूल, फल र

आफ्नो अगाडि आइपर्ने सारा हसुर्‍यो,

दिन दुगुना, रात चौगुना मोटायो

खायो, खायो खानु खायो।

 

उसलाई खान खोज्नेलाई तर्सायो,

रङ्ग फेरी फेरी छक्यायो,

कहिले रूखको बोक्रा जस्तो भयो,

कहिले हरियो पात जस्तै भयो,

जसरी तसरी प्रकृतिमै बाँचिरह्यो,

आफ्ना दुश्मनलाई टाढै राख्यो ।

 

अनि एकदिन चट्टै खान छाड्यो,

र एकान्तको डालीमा पुग्यो

मन र मस्तिष्कलाई काबुमा राख्यो

आफैंले आफैंलाई तपस्वी बनायो

जब तपस्या पूरा भयो,

उसले चोला फेर्‍यो

मोक्ष प्राप्त गर्‍यो

ककुनबाट निस्क्यो,

स्वतन्त्रताको पखेटा फिंजायो

डरलाग्दो झुसिल्किराको रूपान्तरण

सुन्दर पुतली भयो

धर्तीबाट खुल्ला आकाश विचरण गर्ने भयो

 

अर्को,

जन्मिने बित्तिकै च्याहाँ च्याहाँ रोयो

आमाले कोच्याई–कोच्याई दशधारा चुसाइन्

आमाको काखबाट आँगनमा कुद्ने भयो

अलिक पछि बाउले पनि फकाई–फकाई खुवाए

जब आफैं खान सक्ने भयो,

दूध-भात खायो, मासु-भात खायो

बोट बिरुवा खायो, जन्तु जनावर खायो

अझै ठूलो भयो,

फराकिलो धरातल चहार्ने भयो

 

आफ्नो भाग खायो,

दाजुभाइ-दिदीबहिनीको भाग खायो

जनता जनार्दनको भाग खायो

मान्छेको भागले मात्रै पुगेन,

जन्तु जनावरको भाग खायो,

जल, जंगल र जमिन याने

आफ्नो धर्ती र आकाशले मात्रै पुगेन,

चन्द्रमा र मङ्गल ग्रह पनि आँक्यो।

 

ढाडिएर हलचल गर्नै नसक्दा

ओछ्यानमै मगाएर खायो

आफ्नो रङ र अनि ढंग फेरी फेरी खायो

जब जीवनको अन्तिम घडी आयो,

उसलाई मोक्ष चाहियो,

तर, आफ्नै ककुन बनाउन सकेन,

झुसिल्किरा जत्तिकै तपस्वी बन्न सकेन

निधन नहुन्जेलसम्म कमाएको धनले

मोक्ष किन्न सकेन

 

त्यो अर्को “म”,

संसारकै श्रेष्ठ प्राणी,

बुद्धको खुब तारिफ गर्ने

त्यो जावो झुसिल्किराबाट

जीवन मुक्त हुने मन्त्र किन सिक्न सकिनँ ?

****

(पेशाले माटोविज्ञ डा. श्रेष्ठ वन तथा वातावरण साहित्यिक समूहका संस्थापक हुन।)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?