७ साउन, काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले ब्राजिलियन गोलरक्षक एडरसन सेन्टेना डी मोरेसलाई साउदी अरबको क्लब अलनासरले गर्न चाहेको अनुबन्ध अस्वीकार गरेको छ ।
आउँदो समर विन्डोमा एडरसनलाई अलनासरले ३० मिलियन युरोमा किन्न चाहेको थियो ।
अंग्रेजी तथा साउदीका केही समाचार पत्रहरूका अनुसार अलनासरले आधिकारिक रुपमा म्यानचेस्टर सिटीलाई ब्राजिलियन गोलकिपर एडरसनको प्रस्ताव पठाएको थियो । तर उक्त प्रस्तावलाई सिटीले अस्वीकार गरेको हो ।
समाचारमा उल्लेख भएअनुसार एडरसनलाई रिलिज गर्न सिटीले कम्तीमा पनि ५० मिलियन युरो चाहेको बताइएको छ ।
सन् २०१७ मा पोर्चुगिज क्लब बेन्फिकाबाट सिटी भित्रिएका एडरसनले २५० वटा प्रिमियर लिगका खेल खेलेका छन् ।
उनले सिटीमा रहेर यूईएफए च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, क्लब विश्वकप र कारबाओ कपको उपाधि जितिसकेका छन् ।
प्रतिक्रिया 4