८ साउन, काठमाडौं । सोमबार सेयर बजारमा डेढ घण्टामा ५ अर्बभन्दा बढीको कारोबार भएको छ । १२ : ३० बजे ५ अर्ब १६ करोडको कारोबार भएको छ । यतिबेलासम्म सेयर बजारले २५२९ अंक कायम गरेको छ ।
जुन अघिल्लो दिनको तुलनामा ४१ अंक बढी हो । सबै क्षेत्रका सूचक बढेका छन् । हाइड्रोपावर, व्यापार तथा लगानी समूह ३ प्रतिशतभन्दा धेरै बढेका छन् । डेढ घण्टासम्मको आँकडाअनुसार २०५ कम्पनीको मूल्य बढ्दा ३२ को घटेको छ भने ५ को स्थिर छ।
हाथवे इन्भेस्टमेन्ट कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । डेढ घण्टामा शीर्ष कारोबार भएका कम्पनीहरुमा लक्ष्मी सनराइज बैंक, अपि पावर, युनिभर्सल पावर, साइन रेसुङ्गा विकास बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4