+
+
Shares

४४ अंक बढ्यो सेयर बजार, कारोबारमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार सेयर बजार परिसूचक ४४.५९ अंकले बढेर २६५२ को विन्दुमा कायम भएको छ ।
  • अघिल्लो दिनको तुलनामा कारोबार रकम वृद्धि भई ३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
  • बजारमा सूचीकृत कम्पनीहरूमध्ये २५२ को मूल्य बढेको छ भने उत्पादन र जलविद्युत् समूहमा उच्च वृद्धि देखिएको छ ।

१६ असार, काठमाडौं । बुधबार सेयर बजार ४४.५९ अंक बढेको छ । अघिल्ला सात कारोबार दिनसम्म लगातार घटेको बजार बुधबार बढेको हो ।

यो वृद्धिसँगै नेप्से परिसूचक २६५२ अंकमा कायम भएको छ । बुधबार बजार दिनभरजसो हरियो अंकमा रह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८६ करोडको भयो ।

२५२ कम्पनीको मूल्य बढ्दा १७ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । उत्पादन, जलविद्युत् र व्यापार समूह २ प्रतिशतभन्दा धेरै बढे ।

बैंकिङ १.१४, विकास बैंक १.१५, फाइनान्स १.४९, होटल तथा पर्यटन १.६६, जलविद्युत् २.४२, लगानी १.६५, जीवन बीमा १.४८, उत्पादन तथा प्रशोधन २.३४, माइक्रोफाइनान्स १.११, निर्जीवन बीमा २.०३, अन्य १.७६ तथा व्यापार २.६० प्रतिशत बढे ।

हालै सूचीकृत स्नो रिभर्सको मूल्य १५ प्रतिशत बढेको छ । त्यस्तै सीवाईसी लघुवित्तको १४.२२, भुजुङ हाइड्रोपावरको १३.९०, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.७३, मिडसोलु हाइड्रोपावरको ९.३७, सामुदायिक लघुवित्तको ९.०५, याम्बलिङ हाइड्रोपावरको ८.२५ तथा रिलायन्स स्पिनिङ मिल्सको ६.६२ प्रतिशत मूल्य बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ५.२१ प्रतिशत घट्यो । त्यस्तै धौलागिरि लघुवित्तको ४, अपर स्याङ्गेको ३.५५ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र राधि विद्युत् क्रमशः रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?