+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ट्रान्सफर्मर चोरी गर्ने गिरोहका १० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २७ गते १८:५४

२७ साउन, काठमाडौं । ट्रान्सफर्मर चोरी गरेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखाका २४ वर्षीय प्रेम मिजार, सिन्धुपाल्चोकका २८ वर्षीय कुमार विक, दोलखाका २४ वर्षीय जगनाथ बस्नेत, दोलखाका २७ वर्षीय सुनिल ढकाल, सिन्धुपाल्चोकका ४२ वर्षीय राजेश विक, दोलखाका २१ वर्षीय प्रविन बस्नेत, दोलखाकै ३० वर्षीय दिकुल खत्री, दोलखाकै २२ वर्षीय प्रल्लाद बस्नेत, सिन्धुपाल्चोकका २२ वर्षीय सन्तोष विक र काभ्रेका ४५ वर्षीय विष्णुबहादुर सार्की छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रे, इलाका प्रहरी कार्यालय मंगलटार, प्रहरी चौकी भकुण्डेवेशीको टोलीले पक्राउ गरेको हो ।

डेढ महिनाको अवधिमा काभ्रेको भुम्ल, तेमाल, बनेपा, मण्डनदेउपुर र नमोबद्धबाट ६ वटा ट्रान्सफरर्मर चोरी भएका थिए । यो गिरोहले खानेपानी र सिँचाईका लागि विद्युत वाह गर्न प्रयोग गरिने ट्रान्सफरर्मरलाई आफ्नो निशानामा बनाउँदै आएको थियो ।

यो समूहले एकान्त ठाउँका ट्रान्सफरर्मरलाई टार्गेट बनाएर चोरी गरेको पाइएको काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए । यसरी चोरी गरिएको ट्रान्सफर्मरको तार निकालेर उनीहरुले कवाडीलाई बेच्दै आएका थिए ।

सुरुमा ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई सोधपुछ गर्ने क्रममा भक्तपुरका कवाडी पसलमा सामान बेचेको बताएपछि थप तीन जनालाई भक्तपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको थियो ।

कवाडी धनीले कवाडीको सामान लिन जाने निहुँले विभीन्न स्थानहरुमा पुगी त्यस्तो ट्रान्सफर्मर रहेको यकिन गर्ने गरेका थिए । त्यसपछि गिरोहका मुख्य व्यक्तिलाई खबर गर्ने र गिरोहले गाडी समेतको व्यवस्था गरी रातिको समयमा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तारलाई निकालेर बेच्ने गरेका थिए ।

यो गिरोहले सुरुमा ७ असारमा राति १ बजेतिर भुम्लु गाउँपालिका–९ मा रहेको एनसेलको टावरमा रहेको कम्पाउण्डको ताल्चा फुटाएर अन्दाजी ३ लाख मुल्य बराबरको तामाको तार चोरी गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि १६ असारमा तेमाल गाउँपालिका–५ मनकुलबेसीस्थित नेवारपाखा र छापडाँडा गाउँलाई खानेपानी उपभोगका लागि जडान गरिएको ट्रान्सफर्मरलाई टार्गेटमा पारेका थिए । निक कम्पनीको २५ केभी क्षमताको ट्रान्सफर्मर फुटाएर तामाको तार चोरी गरिएको थियो ।

२४ असारमा नमोबुद्ध नगरपालिका–६ मा राखिएको खानेपानीकै ट्रान्सफर्मरको तार उनीहरुले चोरी गरेका थिए ।

७ साउनमा नमोबुद्ध–५ कै साँधपोखरीमा रहेको कानपुर खानेपानी उपभोक्ता समितिको निर्मार्णधीन कार्यालय भवनमा रहेको ५० केभी क्षमताको ३ वटा ट्रान्सफर्मर फुटाएर तामाको तार चोरी गरेको आरोप उनीहरुमाथि छ ।

त्यसैगरी ११ साउनमा मन्डनदेउपुर नगरपालिका–९ रानिटारमा रहेको रानिटार सिचाई आयोजनाकै ट्रान्सफर्मर फोडी तामाको तार चोरी गरेको आरोप छ ।

१८ साउनमा मन्डनदेउपुर–७ स्थित सिचाँई तथा खानेपानीका लागि लगिएको १५० केभीको ट्रान्सफर्मर फुटाएर तामाको तार चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?