+

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

२०८१ भदौ  १८ गते १७:५२ २०८१ भदौ १८ गते १७:५२
Shares
दाँत पहेंलो हुन्छ, के कारणले होला ?

कतिपय भनिरहेका हुन्छन्, ‘म दिनहुँ राम्ररी दाँत ब्रस गर्छु । तैपनि मेरो दाँत पहेंलो छ, के कारणले होला ?’

दाँतको आफ्नै प्राकृतिक रङ हुन्छ । कुनै सेतो हुन्छ त कुनै पहेंलो पनि । जन्मिंदा कसैको छाला कालो गोरो भएजस्तै दाँत पनि कसैको सेतो र पहेंलो हुने गर्छ । कसैको भने व्यवहारले दाँत पहेंलो हुन्छ ।

दाँत सफा नगर्नु पनि दाँत पहेंलो हुनुको कारण हुनसक्छ । यदि तपाईं आफ्नो दाँत नियमित रूपमा सफा गर्नुहुन्न र फ्लस प्रयोग गर्नुहुन्न भने यसले तपाईंको दाँतमा प्लाक र टार्टर बनाउँछ । जसले दाँत पहेंलो हुनसक्छ ।

कतिपयलाई त दाँत ब्रस गर्ने सही तरिका समेत थाहा हुँदैन । सही तरिकाले दाँतको सफाइ नगर्दा पनि दाँत पहेंलो हुने समस्या आउन सक्छ ।

फ्लोराइड नभएको तथा कडाखाले मन्जनको प्रयोगले दाँत बढी घोटिने हुँदा प्राकृतिक इनामेल जान सक्छ  । जसकारण सकेसम्म त्यस्ता मन्जनको प्रयोग गर्नुहुँदैन ।

अत्यधिक चिया, कफी सेवनले दाँत पहेंलो हुन्छ । साथै धेरै गुलियो खानेकुरा र दाँतमा टाँसिने खानेकुराको सेवनले पनि दाँत पहेंलो हुन्छ । माउथवासको अत्यधिक प्रयोगले पनि दाँत पहेंलो हुनसक्छ, किनभने माउथवासमा एसिड हुन्छ, जसले इनामेललाई हानि पुर्‍याउँछ । जसकारण दाँत पहेंलो हुने समस्या धेरै हदसम्म बढ्न सक्छ ।

धुम्रपानले दाँतमा टार जमाउँछ, जसले दाँतलाई धेरै हदसम्म पहेंलो र कालो बनाउन सक्छ । यसले गिजाको समस्या पनि निम्त्याउँछ । चुरोटमा पाइने निकोटिनले दाँतलाई गम्भीर असर गर्छ ।

कसरी सेतो बनाउने ?

पहिले दाँत सेतो थियो पछि इनामेल गएका कारण पहेंलो भएको छ भने दाँतलाई सेतो बनाउने विधि पनि हुन्छ । दाँतको अवस्था हेरेर दाँत स्केलिङ (दाँत सफा गर्ने विधि) गरेर ब्लिच, कम्पोजिट भर्ने र पोलिसबाट दाँत सेतो बन्छ । जन्मिंदै कालो वा पहेंलो रङको दाँतको बाहिरी र भित्री भागमा सेतो पार्न ब्लिचिङले मद्दत गर्छ ।

ब्लिच गर्दा पनि सेतो नहुने दाँतलाई कम्पोजिट भरेर सेतो बनाउन सकिन्छ । दाँत जस्तो प्राकृतिक देखिने गरी दाँतमा रङ भरेर वा पोलिस गरेर दाँत सेतो बनाउन सकिन्छ । यदि रोगको कारणले दाँत पहेंलो भएको हो भने उपचार गर्नुपर्छ । साथै अन्य केही कुरामा ध्यान दिएर घरमै पनि पहेंलो दाँतलाई सेतो बनाउन सकिन्छ ।

– बाहिरी दागहरू दन्त चिकित्सककहाँ गएर समय-समयमा मेसिनले सफा (स्केलिङ) गर्ने ।

– प्रत्येक पटक खाना खाँदा वा चिया, कफी खाने बित्तिकै मुख कुल्ला गर्ने ।

– दिनमा दुई पटक सही तरिकाले ब्रस गर्ने ।

– दाँत माझ्न फ्लोराइडयुक्त मन्जन र नरम ब्रसको प्रयोग गर्ने ।

– दाँतको रङलाई हानि गर्ने कफी, चिया तथा रक्सीको मात्रालाई कम गर्ने ।

– धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।

– मुखको स्वास्थ्य राम्रो बनाउनु भनेको समग्र स्वास्थ्यलाई नै राम्रो बनाउनु हो । त्यसैले नियमित दाँतको पाँच भाग सफा हुने गरी माझ्ने, तीन महिनादेखि ६ महिनाको अवधिमा दन्त चिकित्सककहाँ गएर परीक्षण गराउने गर्नुपर्छ ।

डा. सोनम साह दन्तरोग स्वास्थ्य
डा. सोनम साह
लेखक
डा. सोनम साह
दन्त चिकित्सक

डा. साह हाल काठमाडौंको कपनस्थित सनराइज ओरल एण्ड डेन्टल होममा कार्यरत छिन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २९०१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली