
२० भदौ, काठमाडौं । भक्तपुरमा ८ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं शंकरापुर नगरपालिका–१ गागलफेदी घर भई भक्तपुर नगरपालिका–६ नगरकोट बेसीटोल बस्दै आएका २९ वर्षीय निरोज लामा छन् ।
उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । लामाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका युवक विरुद्ध बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4