२६ असोज, धनगढी । डडेल्धुरामा प्लास्टिकको बोरामा बेरेको अवस्थामा किशोरीको शव भेटिएको छ ।
अमरगढी नगरपालिका–७ पोखरा बजार नजिकै १४ वर्षीया आरती भट्टराईको शव प्लास्टिकको बोरामा बेरेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुगन्ध श्रेष्ठले गएराति पौने ११ बजे भट्टराईको शव फेला परेको जानकारी दिए । उनकाअनुसार भीमदत्त राजमार्गबाट करीब १० मिटर भित्र किशोरीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
भट्टराईको बाहिर देखिने चोटपटक नभएपनि नाकबाट रगत बगिरहेको पाइएको छ । घटनास्थल कार्य सकेर शनिबार बिहान शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ गरेको छ तर उनको परिचय खुलाइएको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4