+

पौडीमा बन्यो २ कीर्तिमान, वर्ल्ड एक्वेटिक्समा ४ खेलाडी छनोट

२०८१ कात्तिक  ३ गते २०:३६ २०८१ कात्तिक ३ गते २०:३६
पौडीमा बन्यो २ कीर्तिमान, वर्ल्ड एक्वेटिक्समा ४ खेलाडी छनोट

३ कात्तिक, काठमाडौं । वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपका लागि शनिबार भएको छनोट खेलबाट २ महिला र २ पुरुष गरी ४ खेलाडी छनोट भएका छन् ।

सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको प्रतियोगितामा २ नयाँ राष्ट्रिय कीर्तिमान पनि बनेको छ ।

२०१३ को साफ गेममा नासिर हुसेनको नाममा बनेको राष्ट्रिय कीर्तिमान भंग गर्दै ४०० मिटर फ्रीस्टाइलमा अथर्व सिंहले निर्धारित दूरी ४ मिनेट १६.०८ सेकेन्डमा पार गर्दै नयाँ रेकर्ड बनाए । यसअघि हुसेनको नाममा ४ मिनेट ३३.०५ सेकेण्डको कीर्तिमान थियो ।

अर्को २०१० मा भएको १० औं फिना वर्ल्ड कपका बेला शैलेशशमशेर जबराको नाममा रहेको १०० मिटर आइएमको राष्ट्रिय कीर्तिमान तेन्जिङ रायन नाम्डोल गुरुङले तोडेका छन् । गुरुङले १ मिनेट ३.१९ सेकेण्डमा पार गर्दै कीर्तिमान बनाएका हुन् । यसअघि यो कीर्तिमान १ मिनेट ९.२० सेकेण्डमा जबराको नाममा थियो ।

पौडी संघले उक्त प्रतियोगिताबाट पुरुषतर्फ अजलकाजी ताम्राकार र अथर्व सिंह तथा महिलामा डुवाना लामा र अनुसिया तन्डुकारलाई छनौट गरेको छ ।

अक्वा टाइमको आधारमा खेलाडी छनौट गरिएको छनौट समितिका सदस्य बिजेनमान श्रेष्ठले जनाएका छन् । वर्ल्ड एक्वेटिक्स हङ्गेरिको बुडापेस्टमा डिसेम्बर १० देखि १५ तारिखसम्म हुनेछ ।

पौडी वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय