+

स्वस्तिमा खड्का बनिन् ‘फेस अफ दि कर्णाली याक्स’

२०८१ कात्तिक  २१ गते १८:२४ २०८१ कात्तिक २१ गते १८:२४
स्वस्तिमा खड्का बनिन् ‘फेस अफ दि कर्णाली याक्स’

२१ कात्तिक, काठमाडौं । नायिक स्वस्तिमा खड्का ‘फेस अफ दि कर्णाली याक्स’ बनेकी छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाईज टिम कर्णाली याक्सले बुधबार एक कार्यक्रम गर्दै स्वस्तिमालाई ‘फेस अफ दि कर्णाली याक्स’ को को रुपमा सार्वजनिक गरेको हो । फेस अफ दि कर्णाली याक्स बनेपछि स्वस्तिमाले आफ्नो लागि यो सम्मान भएको बताए ।

हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेका कर्णाली याक्सका मालिक झनक दत्त खनाल, टिम निर्देशक गृहेन्द्र घिमिरे लगायतले स्वस्तिमालाई कर्णाली टिममा स्वागत गरे ।

पहिले र अहिले खेललाई हेर्ने आफ्नो नजर परिवर्तन भएको र खेलप्रति रुचि भएको बताए । ‘गृहेन्द्र सरले फेस अफ कर्णाली याक्स बन्नुपर्छ भन्नुभयो । खेलकुदबाट केही गर्न सकिन्छ भन्ने लागेर मैले त्यो प्रस्ताव स्वीकार गरेँ । ‘ उनले भनिन्, ‘कर्णाली कल्चर देखि अन्य धेरै कुरामा धनी रहेको र अब कर्णालीको अर्को परिचय पनि थपिनेछ ।’

उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन् । उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन् । ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालका पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पुर्‍याउने योजना ल्याएको छ । त्यसैको प्रभावले कर्णाली याक्ससँग जोडिन पुगेको हो ।’

खड्काले नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा खेलिरहेको र उनकै प्रभावले पनि खेलकुदमा लाग्न प्रेरित गरेको प्रसंग सुनाएकी थिइन् । ‘नेपालकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा व्यवसायिक फुटबल खेलिरहनु भएको छ । उहाँले पनि फ्रान्समा नेपाल र नेपालीलाई चिनाउनु भएको छ ।  त्यसैले पनि खेलकुदले मलाई प्रभावित गरेको हो ।’

फेस अफ दि कर्णाली याक्स बनेपछि आफूले खेलकुद र एनपीएलको बारेमा पनि अरुलाई जानकारी दिन सकिने उनले बताईन् । उनले टिमलाई एनपीएलका लागि शुभकामना पनि दिईन् ।

कर्णाली याक्सका कप्तान तथा टिम डिरेक्टर ज्ञानेन्द्र मल्लले भारतमा खेलकुदमा ग्लामर रहेको र नेपाली खेलकुदमा पनि त्यो चाहिने भन्दै स्वस्तिमाको आगमन हुनु राम्रो रहेको बताए । मल्लले क्रिकेट मात्र नभई सबै कुराको समिश्रणबाट कर्णालीलाई चिनाउने बताए । प्रशिक्षक मल्लले कलाकार क्रिकेटमा जोडिनु सुखद् सन्देश रहेको र क्रिकेट विकासमा टेवा पुग्ने विश्वास गरे । ‘कलाकारिता क्षेत्रको मान्छे भएर पनि क्रिकेटमा जोडिनु भएको छ । हामी खेलाडी र फ्यानमात्रै हैन । कलाकार पनि क्रिकेटमा जोडिँदा यस क्षेत्रको विकासमा मद्धत पुग्नेछ ।’ उनले छिमेकी मुलुक भारतमा पनि यस्तै प्रचलन रहेकाले यो कार्य राम्रो सुरुवात भएको बताएका छन् ।

यसैगरी कर्णाली याक्सले बुधबारै आधिकारिक एन्थम सङ ‘ए आयो कर्णाली’ पनि सार्वजनिक गरेको छ । गीतमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष सुनिल खनालको  स्वर, संगित र शब्द छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा कर्णाली याक्ससहित ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  राष्ट्रिय टिमका पेस बलर सोमपाल कामी मार्की खेलाडी रहेको कर्णाली याक्समा गुल्सन झा, देव खनाल जस्ता राष्ट्रिय टिमका खेलाडी छन् । यस्तै विदेशी खेलाडीमा पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायत र वेष्ट इन्डिजका चाडविक वाल्टन छन् ।

तस्बीर : विकास श्रेष्ठ
स्वस्तिमा खड्का

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय