+

स्टार स्पोर्ट्समा एनपीएलको प्रसारण गराउन पहल

२०८१ कात्तिक  २३ गते १३:२६ २०८१ कात्तिक २३ गते १३:२६
स्टार स्पोर्ट्समा एनपीएलको प्रसारण गराउन पहल

२३ कात्तिक, काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको छ ।

एनपीएलको कमर्सियल पार्टनर ब्रान्ड लोजिकले प्रतियोगिताको ब्रोडकास्टिङ राइट्सका लागि स्टार स्पोर्ट्ससँग छलफल गरिरहेको  र अन्तिम चरणको कुराकानी भइरहेको क्यान स्रोतले जनाएको छ ।

ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाले पनि नेपाल प्रिमियर लिगको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘स्टार स्पोर्ट्ससँगको छलफल अहिले अन्तिम चरणमा पुगेको छ र हामी छिट्टै सकारात्मक नतिजा सार्वजनिक गर्छौं ।’

स्टार स्पोर्ट्स विश्वको चर्चित खेलकुद च्यानल हो जसमा विश्वकप क्रिकेटदेखि आइपीएलसम्म प्रसारण हुँदै आएको छ ।

ब्रान्ड लजिक एनपीएलका लागि क्यानको व्यापारिक र रणनीतिक साझेदार हो ।

एनपीएल स्टार स्पोर्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय