२३ कात्तिक, काठमाडौं । ट्रुङग्राम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा १६औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता यही कात्तिक २६ गतेदेखि सुरु हुने भएको छ ।
बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडास्थित टिआइएकै कोर्टमा हुने प्रतियोगितामा सिनियर ब्वाइज र गर्ल्स तथा स्टाफ गरि तीन विधामा प्रतिस्पर्धा हुने शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ ।
सियिनर ब्वाइज र गर्ल्सको खेल फुल कोर्ट तथा स्टाफतर्फ भने थ्री वाइ थ्रीमा प्रतिस्पर्धा हुनेछ । सियनर व्याइज र गर्ल्समा समान १६ तथा स्टाफमा १२ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा ब्वाइज र गर्ल्सतर्फ सहभागि टोली चार-चार समूहमा विभाजन गरिएको छ भने स्टाफतर्फ दुई समूहमा विधाजन गरिएको छ ।
टिआइएका प्रधानाध्यापक उत्तमराज थापाले विद्यालयबीचको आपसी सम्बन्ध मजबुद बनाउन र खेलाडीको क्षमतामा वृद्धि होस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘खेलाडीको क्षमतालाई बाहिर ल्याउने हाम्रो उद्देश्य हो । टिआइएकै उत्पादन अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका छन्,’ थापाले भने, ‘यो प्रतियोगिताले पनि नेपाली बास्केटबलको विकासमा थोरै भए पनि सहयोग पुर्याउँछ भन्ने विश्वास छ ।’
प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ४ हजार ५०० रुपैयाँ तोकिएको थियो । प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्नेले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमाति बजेट ४ लाख ५० हजार रहने आयोजकको अनुमान छ ।
प्रतिक्रिया 4