२४ कात्तिक, काठमाडौं । नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा एफआईएच प्रेसिडेन्ट अवार्डबाट शनिबार सम्मानित भएका छन् ।
ओमानको मस्कटमा भएको अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच) को ४९ औं महाधिवेशनका अवसरमा शर्मालाई अवार्ड प्रदान गरिएको हक्की संघले जनाएको छ ।
महाधिवेशनमा सहभागी हुन शर्मासहित ओमानमै रहेकी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले नेपाली हक्कीको इतिहासमा यति ठूलो सम्मान पहिलो भएको बताउँदै नेपालकै लागि गौरवको विषय भएको बताइन् ।
शर्माको नेतृत्वमा रहेको नेपाल हक्की संघले पछिल्लो पटक क्यालेन्डर नै बनाएर नेपालमा हक्की प्रतियोगिता, प्रशिक्षकका लागि कवर्स देखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया 4