२८ कात्तिक, काठमाडौं। आजदेखि पुनस् सुरु भएको ललित स्मृति एन्फा यू-१८ युथ लिगको पहिलो खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित नएफा कम्प्लेक्स मैदानमा भएको खेलमा जावलाखेलले एनआरटीलाई २-१ ले हरायो ।
अनिश चौधरीले खेलको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेपछि जावलाखेलले अन्तिम समयमा जित हात पार्दै ३ अंक जोडेको हो ।
त्यसअघि सुदिप मुक्तानले १२औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाए थिए । पहिलो हाफको इन्जुरी टाइममा इशान थापाले एनआरटीका लागि बराबरी गोल फर्काएका थिए ।
बराबरीतर्फ अग्रसर खेलको अन्तिम समयमा अनिश नायक बन्दै एनआरटीलाई जिताए ।
जितपछि ९ खेलबाट ११ अंक जोडेको जावलाखेल आठौं स्थानमा उक्लेको छ । समान खेलबाट १६ अंकरहेको एनआरटी तेस्रो स्थानमा छ । एनआरटीको यो तेस्रो हार हो ।
आझै नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच पनि खेल भइरहेको छ ।
एन्फाको आयोजनामा भएको यू-१८ युथ लिगमा १२ क्लब सहभागि छन् । लिग डबल राउण्ड रोविनको आधारमा भइरहेको छ ।
प्रतिक्रिया 4