२८ कात्तिक, काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टिमले आगामी डिसेम्बरमा मलेसियामा हुने एसीसी यु-१९ महिला एसिया कप खेल्ने भएको छ । एसियाली क्रिकेट परिषद (एसीसी) ले बुधबार यू-१९ महिला एसिया कपको मिति र खेलतालिका सार्वजनिक गरेको हो ।
जसअनुसार प्रतियोगिता डिसेम्बर १५ देखि २२ सम्म हुनेछ । प्रतियोगितामा ६ टोली सहभागी हुनेछन् । नेपाल भारत र पाकिस्तानसँगै समूह एमा छ । बंगलादेश, श्रीलंका र मलेसिया समूह बीमा छन् ।
नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र दोस्रो खेल डिसेम्बर १७ मा भारतसँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछ । सुपर फोर सबैले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
बुधबारै आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा छनोट भएर इतिहास रचेको नेपाली युवा महिला टोलीले छिट्टै अर्को ठूलो प्रतियोगिता खेल्न लागेको हो ।
प्रतिक्रिया 4