+

कप्तान पुजासहित तीन खेलाडीलाई मधेश प्रदेश सरकारले नगदसहित सम्मान गर्ने

२०८१ कात्तिक  २९ गते २२:४५ २०८१ कात्तिक २९ गते २२:४५
कप्तान पुजासहित तीन खेलाडीलाई मधेश प्रदेश सरकारले नगदसहित सम्मान गर्ने

२९ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने भएको छ ।

छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गराउन भूमिका खेलेका उनीहरूलाई प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयले जनही १ लाख ५१ हजार नगदसहित सम्मान गर्ने मन्त्री प्रमोद जयसवालले जनाएका छन् ।

राष्ट्रिय टोलीमा कप्तान पुजा महतो, सना प्रविन र अलिशा कुमारी यादव मधेश प्रदेशका खेलाडी हुन् । उनीहरूलाई प्रदेश सरकार खेलकुद मन्त्रालयले सम्मान गर्ने छ । यस्तै प्रदेश सरकारले तीन खेलाडीका बुबा आमालाई पनि खादा लगाएर सम्मान गर्ने जनाएको छ ।

यसअघि नेपाली टोली घर फर्कने क्रममै रहेका बेला नेपाल क्रिकेट संघ क्यानले सम्पूर्ण खेलाडीहरुलाई नगद २ लाख ५० हजारसहित सम्मान गर्ने घोषणा गरिसकेको छ ।

नेपालले बुधबार भएको खेलमा यूएईलाई पराजित गर्दै आगामी वर्ष जनवरीमा हुने आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपमा स्थान पक्का गरेको थियो ।

आईसीसी यू-१९ महिला टी २० विश्वकप नगद सम्मान मधेश सरकार

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय