३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पायकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त भएकी छन् ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरेर भाटभटेनीले उषालाई एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो । भाटभटेनीले सम्झौताअनुरूप उषालाई एक वर्षको १० लाख रूपैयाँ दिने छ ।
सोही अवसरमा खेल पोशाक कम्पनी टि-टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा गरेको छ । टि-टेनले उषालाई ५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
कार्यक्रममा भाटभटेनी सुपर मार्केटका निर्देशक कल्याण गुरुङ, टि-टेनका बिजनेश विकास हेड आलोकजंग जोशी र उषाबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

कार्यक्रममा बोल्दै भाटभटेनीका निर्देशक गुरुङले नेपालको महिला भलिबलको विकासमा आफूहरू काम गर्न तयार रहेको बताएका थिए ।
नेपाली राष्ट्रिय भलिबल टोलीकी स्टार खेलाडी उषाले नेपाल पुलिस क्लबबाट पनि स्पाइकरको रुपमा खेल्छिन् ।
 
                    










 २०८१ कात्तिक  ३० गते २१:३६
                        २०८१ कात्तिक  ३० गते २१:३६                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4