+
+

रास्वपाले रविलाई सोधेर मात्र आन्दोलनको कार्यक्रम बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते २०:३३

४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेसँग परामर्श गरेर मात्र आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।

८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको रास्वपाले कार्यक्रम तय गर्न मंगलबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको थियो । बैठकले आन्दोलनको कार्यक्रमबारे कुनै निर्णय गरेन ।

उपसभापति डीपी अर्यालले सभापति लामिछानेसँग भेटेर फर्किएपछि भोलि बैठक बस्ने र आन्दोलनको मोडालिटी तय गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।

सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने २ कात्तिकदेखि प्रहरी हिरासतमा छन् ।

लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले सुरुमा सडक प्रदर्शन गरेको थियो । तर अदालतले लगातार म्याद थप गरेपछि पछिल्ला दिनमा सडक प्रदर्शन गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?