+

किक बक्सिङ च्याम्पियन ‘हिमालयन चितुवा’ ६ वर्षपछि नेपालमा

२०८१ मंसिर  ६ गते १५:३३ २०८१ मंसिर ६ गते १५:३३
किक बक्सिङ च्याम्पियन ‘हिमालयन चितुवा’ ६ वर्षपछि नेपालमा

६ मंसिर, काठमाडौं । जापानमा बसेर इस्का र हिट किक बक्सिङको विश्व च्याम्पियन बनेका अन्तर्राष्ट्रिय खेलाडी अविरल घिमिरे अर्थात् ‘हिमालयन चितुवा’ बिहीबार नेपाल आएका छन् ।

जापानबाट ६ वर्षपछि नेपाल आएका उनलाई त्रिभुवन विमानस्थलमा चन्द्रागिरी नगरपालिकाका प्रतिनिधिहरूले स्वागत गरेका थिए ।

विमानस्थलमा कुरा गर्दै उनले धेरै समयपछि नेपाल आउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

आफ्ना बुबा देव घिमिरेसँग प्रशिक्षण लिइरहेको बताउने उनले अब आफ्नो नेपाल बसाइका क्रममा अन्य खेलाडीहरूलाई पनि अनुभव बाँड्ने बताएका छन् ।

उनले गत महिना जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा विजयी हुँदै वर्ल्ड च्याम्पियन हुन सफल भएका थिए ।

उनले हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरहरूलाई पराजित गरिसकेका छन् ।्

युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् ।

अविरल घिमिरे किक-बक्सिङ हिमालयन चितुवा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय