+

अनुहारको चाउरीपन हटाउने कुनै उपचार छ ?

२०८१ मंसिर  ९ गते १३:५२ २०८१ मंसिर ९ गते १३:५२
अनुहारको चाउरीपन हटाउने कुनै उपचार छ ?

सधैं जवान देखिने चाहना सबैको हुन्छ, तर बढ्दो उमेरले छालामा चाउरीपन र अन्य धेरै समस्या ल्याउँछ । उमेर बढ्दै जाँदा देखिने यो समस्या कसैलाई पनि समय अगावै देखा पर्छ ।

पहिले चाउरीपनलाई बुढेसकालको सङ्केत भनिन्थ्यो । तर अहिले ३० वर्षकै उमेरमा समेत अनुहारमा चाउरी देखिन थालेको छ । घाममा काम गर्ने व्यक्तिमा सानै उमेरमा पनि चाउरीपनको समस्या देखिन सक्छ । वंशाणुगत कारणले पनि चाउरी पर्ने उमेर निर्धारण गर्छ  । त्यसैले ठ्याक्कै कति उमेरदेखि चाउरी पर्न थाल्छ भनेर निर्धारण गर्न मिल्दैन । तर सामान्यतया ४० वर्षको उमेरपछि चाउरी आउन थाल्छ ।

उमेरसँगै छालाको विभिन्न किसिमका तन्तुहरू मासिंदै जान्छन् । छालाको भित्री तहमा रहेको बोसोको तह पनि सुक्दै जान्छ । छालाको तल्लो तहमा ‘कोलाजेन’ र ‘इलास्टिन’ भन्ने तत्त्व हुन्छ । यी तत्त्वले छालालाई तन्किन सहयोग गर्छ । उमेरसँगै त्यो पनि घट्दै जान्छ, जसले गर्दा उमेर ढल्किंदै गएपछि अनुहारमा चाउरी देखा पर्छ ।

केहीमा वंशाणुगत कारणले पनि यस्तो समस्या हुन्छ भने कसैमा छालाको सङ्क्रमणका कारण चाउरीपनको समस्या देखिन्छ । घामको पराबैजनी किरण, चिन्ता र खानपानले हाम्रो शरीरको सबै अंगमा जस्तै छालामा पनि असर गर्छ र अनुहारमा चाउरीपनको समस्या आउँछ ।

उमेरसँगै आएको चाउरीपनलाई पूर्ण रूपले हटाउन सकिंदैन । तर सन्तुलनमा राख्न केही उपचार विधि अहिले चल्तीमा छन् ।

चाउरीपनको उपचार

बोटक्स

बोटक्स ‘बोटुलिनम सुई’चाउरीपन हटाउने असाध्यै प्रभावकारी कस्मेटिक उपचार पद्धति हो । बोटक्स छाला सम्बन्धी गरिने एक किसिमको उपचार हो । बोटुलिनम इन्जेक्सन अनुहारको त्यो भागमा दिइन्छ, जहाँ चाउरीपन हुन्छ । यसले अनुहारको मांसपेशीलाई आराम दिन्छ । यो सम्पूर्ण प्रक्रियालाई बोटक्स उपचार भनिन्छ । यो उपचार गरेपछि चारदेखि ६ महिनासम्म यसको प्रभाव छालामा रहन्छ ।

बोटक्स सुरु गर्न निश्चित उमेर तोकिएको छैन । मसिना चाउरीका रेखा वा फाइन लाइन देखिनासाथ बोटक्स गर्दा चाउरीपन घटाउने वा रोक्ने गर्छ ।

चाउरीपन हटाउन गरिने बोटक्सको खर्च प्रतियुनिट ६०० रुपैयाँ पर्छ । चाउरी कति परेको त्यसअनुसार २०, ३० र ४० युनिट लाग्न सक्छ र खर्च पनि बढ्दै जान्छ ।

डर्मल फिलर

बोटक्सले पनि नजाने चाउरीपनलाई डर्मल फिलर गर्न सकिन्छ । यसमा छालामा ह्यालुरोनिक एसिड भरिन्छ । जसले छालाको चाउरीपन हटाउँछ । डर्मल फिलर गर्न लगभग २० देखि ५० हजारसम्म खर्च लाग्न सक्छ ।

रेटीनोइड क्रिम

अनुहारको चाउरीपन कम गर्न र हुन नदिन रेटीनोइड क्रिम प्रयोग गर्न सकिन्छ । भिटामिन ए युक्त क्रिमले छालाको बनावटलाई यथावत् राख्नुका साथै हाइड्रेट गर्छ । जसको मूल्य ३०० देखि ४०० रुपैयाँसम्म पर्छ ।

हाइड्रा फेसियल

हाइड्रा फेसियलको माध्यमबाट भिटामिन र सेरमको प्रयोग गरी अनुहारमा रहेको मृत छाला र फोहोरलाई भित्रैबाट सफा गरी अनुहारमा चमक ल्याउनेदेखि अनुहारको छाला कसिलो बनाई चाउरीपन कम गर्छ । सामान्यतया हाइड्रा फेसियलको शुल्क तीन हजार रुपैयाँबाट सुरु हुन्छ । यसमा प्रयोग हुने सामानको गुणस्तर अनुसार सेवा शुल्कमा फरक हुनसक्छ ।

चाउरीपनबाट बच्न ध्यान दिनुपर्ने कुरा

उमेर बढेसँगै चाउरी पर्ने भएकाले यसलाई स्थायी रूपमा हटाउन त सकिंदैन । तर उमेर भन्दा पहिले देखा पर्ने चाउरीपनलाई रोक्न भने केही कुरामा ध्यान दिन सकिन्छ ।

चाउरीपनबाट जोगाउन छालालाई घामको परावैजनी किरणबाट जोगाउन एसपीएफ ३० भन्दा माथिको सनस्क्रिन लगाउने, छाता ओढ्ने, चस्मा लगाउने, क्याप लगाउने र पूरा बाहुला लुगा लगाउनुपर्छ ।

निधार खुम्चाउने, आँखा खुम्चाउने जस्ता अनुहारको भाव बिगार्ने काम नगर्ने, सन्तुलित खाना खाने, प्रशस्त मात्रामा पानी पिउने र तनाव कम लिने गर्दा पनि चाउरीपनको समस्या कम हुन्छ ।

चाउरीपन छाला डा. सुयोग मैनाली

धेरै कमेन्ट गरिएका

डा. सुयोग मैनाली
लेखक
डा. सुयोग मैनाली
वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन

मेडिकल काउन्सिल दर्ता नम्बर : ७६८० अध्ययन : एमबीबीएस,एमएस (प्लास्टिक सर्जरी) काठमाडौंस्थित सुयोग काठमाण्डु क्लिनिक अफ कस्मेटिक सर्जरीका संस्थापक, हाल सोही संस्थामा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अनुहारको चाउरीपन हटाउने कुनै उपचार छ ?

अनुहारको चाउरीपन हटाउने कुनै उपचार छ ?

कहिल्यै चुरोट नपिउनेलाई पनि किन हुन्छ फोक्सोको क्यान्सर ?

कहिल्यै चुरोट नपिउनेलाई पनि किन हुन्छ फोक्सोको क्यान्सर ?

अकुपन्चर के हो ? कसरी काम गर्छ ?

अकुपन्चर के हो ? कसरी काम गर्छ ?

अकुपन्चरले विना औषधि कैयौँ रोग निको पार्छ

अकुपन्चरले विना औषधि कैयौँ रोग निको पार्छ

गर्भावस्थामा अचानक रक्तचाप बढे के हुन्छ ?

गर्भावस्थामा अचानक रक्तचाप बढे के हुन्छ ?

जाडोमा मुटुको समस्याले बढी सताउँछ, के गर्ने ?

जाडोमा मुटुको समस्याले बढी सताउँछ, के गर्ने ?