+

यू-१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

२०८१ मंसिर  ११ गते १३:५० २०८१ मंसिर ११ गते १३:५०
यू-१९ एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

११ मंसिर,‌ काठमाडौं । यूएईमा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू-१९ टोलीको विदाइ गरेको हो । राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतको उपस्थितिमा टोलीको बिदाइ गरिएको हो ।

कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले भने, ‘छोटो समयको तयारीका बाबजुद विश्वकपमा छनोट हुनका लागि यो सुरुवातजस्तो भएको छ, एसिया कप खेल्नु पनि एउटा गौरवको क्षण हो । यू-१९ क्रिकेट पनि हाम्रो प्राथमिकतामा छ, युवा टोलीको भविष्य पनि नेपालको भविष्यसँग जोडिएको छ।’ ‌पारसले दबाव नलिईकन क्षमता अनुसारको प्रदर्शन गर्न शुभकामना दिए ‌। यू-१९ का खेलाडीहरू राष्ट्रिय टिमसम्मै खेल्न सफल भएका छन्।

त्यसैगरी यू-१८ का नवनियुक्त प्रशिक्षक शक्ति गौचनले टोली एसिया कपका लागि तयार भएको बताल । ‘कर्नाटकसँगको खेलले पनि फाइदा पुगेको छ, त्यसका लागि क्यानलाई धन्यवाद पनि दिन्छौं। छोटो समयमा राम्रो तयारी गरेका छौं, कर्नाटकसँगको सिरिजले टिम छनोट गर्न पनि सजिलो बनायो,‌ हामी हाम्रो बेस्ट खेल खेल्ने छौं।

हेमन्त धामीले पनि १५ दिनको क्याम्प र कर्नाटकसँगको सिरिजले फाइदा पुगेको बताउँदै राम्रो तयारी भएको बताए ।

त्यसैगरी राखेपका सदस्य सचिव टंकलाल घिसिङले‌‌ जुनियर खेल राष्ट्रको मेरुदण्ड भएको उल्लेख गर्दै क्यानले गर्दै आएको कामको प्रशंसा गरे ‌। ‘निरन्तर मेहेनतले परिणाम आउने हो, जुन पछिल्लो समयमा क्यानले पनि त्यसका लागि धेरै पहल गरिरहेको छ एकदमै धन्यवादको पात्र बनेको छ’ उनले भने, ‘क्रिकेटमा यू-१९ टोली भनेकै मुख्य बेन्चमार्क हो, अहिलेको टोलीले पनि राम्रो प्रदर्शन गर्नेछ, दबाब नलिईकिन खेल्नुहोला, सफलताको शुभकामना ।’

एसिया कपमा नेपालले श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग खेल्ने छ ‌।

हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ ‌। टोलीको प्रशिक्षकमा नेपाली राष्ट्रिय पूर्वखेलाडी शक्ति गौचन छन् ।

एसिसी यू-१९ एसिया कप नेपाली टोली नेपाली यू-१९ टोली

धेरै कमेन्ट गरिएका

लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय