१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चीन भ्रमणमा जानु पर्ने भएकाले आफू एनपीएल उद्घाटन खेल हेर्न जाने मौका गुमाएको बताएका छन् । कीर्तिपुरको क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ ।
उले आफू खेल हेर्न जान नपाए पनि सबै खेलाडीलाई सम्झिएको सामाजिक सञ्जालमार्फत् बताएका छन् । ‘हाम्रो छिमेकी मित्रराष्ट्र चीन भ्रमणको तयारीमा रहनु परेकाले आज खेल हेर्ने मौका पाउन सकिनँ। एनपीएलमा सहभागी हुने ८ वटै फ्रेन्चाइज टोलीले उत्कृष्ट खेल्ने छन्,’ उनले भनेका छन् ।
एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ वटा फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया 4