+

ब्लाइण्ड टी२० विश्वकपको सेमिफाइनलमा नेपालले पाकिस्तानसँग खेल्दै

२०८१ मंसिर  १६ गते ८:२७ २०८१ मंसिर १६ गते ८:२७
ब्लाइण्ड टी२० विश्वकपको सेमिफाइनलमा नेपालले पाकिस्तानसँग खेल्दै

१६ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज सेमिफाइनल खेल खेल्दै छ । मुल्तानमा हुने पहिलो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्न लागेको हो । खेल बिहान पौनेे १० बजेदेखि सुरू हुनेछ ।

नेपालले लिग चरणमा दुई जित र तीन हारसहित ४ अंक र भारतसँगको खेलमा वाकओभरमार्फत पाएको ६ अंकसहित शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । नेपाल पहिलोपटक ब्लाइण्ड क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

नेपाल श्रीलंकासँग ७० रनले, बंगलादेशसँग ६७ रनले पराजित भएको थियो । त्यसपछि अफगानिस्तानलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दक्षिण अफ्रिकामाथि ११ रनको रोमाञ्चक जित निकालेको थियो ।

पाकिस्तानसँग नेपाल लिग चरणमा १० विकेटले सहजै पराजित भएको थियो । लिग चरणमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको पाकिस्तान उपाधिकै दाबेदार टोली हो ।

तर सेमिफाइनलमा घरेलु टोलीलाई कडा चुनौती दिने गरी मैदान उत्रने नेपाली टोलीका मुख्य प्रशिक्षक नहेन्द्र निरौलाले बताए । ‘पाकिस्तान हामी भन्दा धेरै बलियो टिम भएता पनि आफूलाई कमजोर नमानी उच्च मनोबलका साथ खेल्नेछौं’ उनले भने, ‘ब्याटिङ लाइन बलियो बनाएर २०० टार्गेट दिने लक्ष्य छ । त्यसो भयो भने खेल प्रतिस्पर्धात्मक हुन्छ ।’

यस्तै कप्तान रमेश बानियाले पनि पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘पहिलो पटक सेमिफाइनल खेल्दैछौँ । हाम्रोतर्फबाट फिल्डिङ बलिङ ब्याटिङ सबै क्षेत्रमा शतप्रतिशत दिनेछौँ’ उनले भने, ‘उनीहरुले कस्तो खेल्छ भन् गेम हेर्नेलाई थाहा छ । तैपनि हामीले हार मानेका छौँ । उनीहरुलाई ठूलो टार्गेट दिने गरी हामीले तयारी गरेका छौँ ।’

ब्लाइण्ड क्रिकेट टी२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय