 
																			१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज दोस्रो दिन आज काठमान्डु गुर्खाज र चितवन राइनोज भिड्दैछन् ।
शनिबारदेखि सुरु भएको एनपीएलमा ८ फ्रेन्चाइज टिम सहभागी छन् ।
पहिलो दिनको तुलनामा आज दर्शकको संख्या केही कम छ । तर रौनक घटेको छैन । दर्शक दिर्घाका केही खाली स्थान पनि छ । पहिलो दिन शनिबार भएकोले दर्शकको धेरै भएर हुलमुलमा धकेलाधकेल हुँदा ८ जना घाइते भएका थिए ।

आज ढिला खेल हेर्न आउने दर्शकहरु पनि सहजै गेटबाट मैदान प्रवेश गरिरहेका छन् । दर्शकहरु बिहानको घाम ताप्दै खेल खेलिरहेका छन् । आज दुई खेल छ । दर्शकले एउटै टिकटले दुई खेल हेर्न सक्नेछन् ।
बागमती प्रलेशकै दुई टोली काठमान्डु गुर्खाज र चितवन राइनोजमैदानमा भिडिरहेका छन् । दर्शकहरु आ-आफ्नो टिमलाई समर्थन गरिरहेका छन् ।
 
  
  
  
 
तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर
                                    एनपीएल
                                
                                
                            यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4