+

राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट शनिबारदेखि

२०८१ मंसिर  २३ गते २१:३२ २०८१ मंसिर २३ गते २१:३२
राष्ट्रिय फ्रि-स्टाइल रोल्लर स्केट शनिबारदेखि

२३ मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा तेस्रो राष्ट्रिय फ्रि-स्टाइल रोलर स्केट प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

गल्फुटार स्केटपार्कमा हुने प्रतियोगितामा २ सय ५० पुरुष र १ सय ५० महिला खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्युत खनाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

फ्रि स्टाइलअन्तर्गत पुरुष/महिलामा बेस्ट ट्रिक र बेस्ट रन विधा खेल खेलाइने छ । बेस्ट ट्रिक र बेस्ट रनमा गरेको प्रदर्शनका आधारमा शीर्ष तीन स्थानमा रहने खेलाडीको टुंगो लगाइने छ ।

पुरुष/महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार ५ हजार नगद प्राप्त गर्ने छन् । प्रतियोगिता आइतबारसम्म चल्ने छ ।

फ्रि-स्टाइल रोलर स्केट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय