+
+

काठमान्डुले टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १२:५८

२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

काठमान्डुका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । काठमान्डु पाँच दिनको ब्रेकपछि पहिलो खेल खेल्दैछ । तीन खेलमा एक जितबाट काठमान्डुको २ अंक छ ।

पाँच खेल खेलिसकेको लुम्बिनीले जम्मा एक खेल जितेर २ अंक जोडेको छ । लगातार खेलिरहेको लुम्बिनी आज पराजित भएमा लिग चरणबाटै बाहिरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?