+
+

ठमेलमा एक महिना अघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ

मध्यराति काठमाडौंको ठमेलमा एक युवामाथि रड प्रहार भएको एक महिनापछि पाँच जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १७:५०
प्रतीकात्मक तस्वीर

२६ मंसिर, काठमाडौं । मध्यराति काठमाडौंको ठमेलमा एक युवामाथि रड प्रहार भएको एक महिनापछि पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा संखुवासभाका चिचिला गाउँपालिका–२ दिदिङका २४ वर्षीय लाक्पा शेर्पा, नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनीका २१ वर्षीय रञ्जित तामाङ, तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयका २२ वर्षीय कृष्णबीर मगर भनिने कृष्पिन थापा, काभ्रेको रोशी गाउँपालिका–९ का २६ वर्षीय सोनु लामा र सोही ठाउँका २१ वर्षीय राधा लामा छन् ।

उनीहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न ठाउँहरूबाट पक्राउ गरेको हो । यो समूहले १६ कात्तिक राति १२ बजेतिर ठमेलको जेपी मार्गस्थित कर्मा क्लब अगाडि निरज बडुवालमाथि आक्रमण गरेको थियो । रड, नकलगायत आक्रमण गर्दा बडुवाल गम्भीर घाइते भएका थिए ।

उनीहरू विरुद्ध १६ कात्तिकमा प्रहरी वृत्त सोह्रखुट्टेमा जाहेरी दर्ता भएको थियो । पक्राउ परेका पाँचै जनालाई कारबाहीका लागि सोह्रखुट्टे वृत्त पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?