![](https://www.onlinekhabar.com/wp-content/uploads/2024/12/image-17-1024x569.png)
२७ मंसिर, काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले पहिले ब्याटिङ गर्ने भएको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
पोखरा र विराटनगर दुवै टोली पछिल्लो खेलमा हार व्यहोरेर कमब्याकको लक्ष्यसहित आएका छन् । अंकतालिकामा दुवै टोलीको अवस्था समान छ । ४ खेलमा १ जितसहित २ अंक जोडेका छन् । नेटरनरेटमा पोखरा केही अघि छ ।
आजको खेल जित्ने टोली प्लेअफको दौडमा अगाडि रहनेछ भने पराजित हुने टोलीका लागि प्लेअफ यात्रा निकै कठिन बन्ने छ ।
पोखराले आजको खेलमा तीन परिवर्तन गरेको छ । म्याट क्रिट्ले, दिलिप नाथ र आकाश चन्द बाहिरिएका छन् भने जेन मलिक, किरण ठगुन्ना र तृत राज दास भित्रिएका छन् । त्यसैगरी विराटनगरले दुई परिवर्तन गरेको छ । आकिब इलियास र सुवास भण्डारी बाहिरिँदा स्कट एड्वार्ड्स र अनिल खरेल भित्रिएका छन् ।
पोखरा एभेन्जर्स प्लेइङ ११ : आन्द्रेस गौस, दिनेश खरेल, कुशल भुर्तेल, रेमोन रेइफर, तृत राज दास, माइकल लिस्क, नारायण जोशी, किरण ठगुन्ना, विपिन खत्री, सागर ढकाल, जेन मलिक
विराटनगर किंग्स प्लेइङ ११ : मार्टिन गप्टिल, लोकेश बम, निकोलस किर्टोन, नरेन भट्ट, स्कट एडवार्ड्स, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, प्रतिश जिसी, सन्दिप लामिछाने, अनिल खरेल
प्रतिक्रिया 4