+

वाकरको धेरै प्रयोगले बच्चामा हुनसक्छ ‘कन्टेनर बेबी सिन्ड्रोम’

२०८१ मंसिर  २८ गते १३:३६ २०८१ मंसिर २८ गते १३:३६
वाकरको धेरै प्रयोगले बच्चामा हुनसक्छ ‘कन्टेनर बेबी सिन्ड्रोम’

उभिने बेला भएका शिशुलाई वाकरमा राख्ने गरेको त आम रुपमा देखिन्छ । वाकर, कार सिट, स्ट्रोलर, बाउन्सर, स्वीङ जस्ता उपकरणमा शिशुलाई राख्दा उनीहरु चल्न-हिंड्न छिटो सिक्छन् भन्ने धेरैले सोच्छन् ।

तर लामो समयसम्म यस्ता उपकरणमा राख्दा शिशुको विकास होइन्, स्वास्थ्यमा समस्या आउन सक्छ । वाकरका कारण शिशुमा हुने शारीरिक र मनोवैज्ञानिक समस्यालाई कन्टेनर बेबी सिन्ड्रोम भनिन्छ । बच्चालाई लामो समयसम्म यी वाकर जस्ता यन्त्रमा राख्नु उसको शारीरिक विकासका लागि हानिकारक हुन्छ । यसले उनीहरूको स्वतन्त्र रूपमा चल्ने र आवश्यक सीप विकास गर्ने क्षमतामा बाधा पुर्‍याउँ५ । कन्टेनर बेबी सिन्ड्रोमको कारण

शिशुलाई राख्न सजिलो भएकाले वाकर कन्टेनरहरूको अत्यधिक प्रयोग गर्दा यो समस्या निम्तिन सक्छ । शिशुलाई खुल्ला ठाउँमा चल्न खेल्न नदिंदा पनि यो समस्या निम्तिन सक्छ ।

कस्तो हुन्छ लक्षण ?

शारीरिक समस्या

प्लाजिओसेफाली (टाउको च्यापिनु) : उपकरणमा लामो समय बस्दा टाउकोको भाग समतल हुने समस्या देखा पर्छ ।

टोर्टिकोलिस : घाँटीको मांसपेशी खुम्चिन्छ, जसले गर्दा शिशुको टाउको एकातिर मात्र झुकेको देखिन सक्छ । बच्चाको केही मोटर सीपहरू विकासमा ढिलाइ हुन्छ, घुमाउने, बस्ने वा उभिने, घिस्रिने, हिंड्ने आदि ।

विकासमा समस्या

घाँटी, पेट र माथिल्लो शरीरको मांसपेशी कमजोर हुने समन्वय र सन्तुलन बिग्रिने समस्या देखा पर्छ । जब बच्चा पहिले नै समयपूर्व जन्मिएको डाउन सिन्ड्रोम वा अन्य समस्याको कारण विकासमा ढिलाइको जोखिममा हुन्छ भने यस्तोमा उपकरणहरूको अत्यधिक प्रयोगले बच्चामा अझ ठूलो प्रभाव र ढिलाइ निम्त्याउन सक्छ ।

मनोवैज्ञानिक र व्यावहारिक असर

बच्चाले हिंड्न, बस्नका लागि परिश्रम र वरपरको संसार अन्वेषण गर्न नपाउँदा त्यसको अनुभवमा कमी हुन्छ । बौद्धिक र भावनात्मक विकासमा असर पुग्छ ।

रोकथाम

शिशुलाई वाकर, कार सिट, स्ट्रोलर, बाउन्सर, स्विङ जस्ता उपकरणमा धेरै समय बिताउन दिनु हुँदैन । कन्टेनरको सीमित प्रयोग गर्नुपर्छ । यात्रा वा विशेष अवस्थामा मात्र प्रयोग गर्नुपर्छ । बच्चालाई भिन्न–भिन्न अवस्थामा खेलाउनुपर्छ । खुला गतिविधिमा धेरै संलग्न गराउनुपर्छ । शिशुलाई उमेर अनुसारका खेलौनासँग खेल्न दिनुपर्छ ।

समाधान

यदि शिशुमा कन्टेनर बेबी सिन्ड्रोमका लक्षण देखिन्छन् भने बालरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । यदि कुनै बच्चामा कन्टेनर बेबी सिन्ड्रोमको लक्षण छन् भने जतिसक्दो चाँडो फिजियोथेरापिस्टबाट उपचार गराउनु महत्त्वपूर्ण हुन्छ ।

मांसपेशी बलियो बनाउने र हिंड्न बस्न ढिलाइ भएका सीप सुधार गर्ने व्यायाम गराउनुपर्छ । शिशुलाई स्वतन्त्र रूपमा चल्न र खेल्न दिने वातावरण प्रदान गरेर यो समस्या रोक्न र समाधान गर्न सकिन्छ ।

कन्टेनर बेबी सिन्ड्रोम डा. बाबुराम पाण्डे बालरोग

धेरै कमेन्ट गरिएका

डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय