+

यू-१९ महिला एसिया कपमा नेपालले पहिले बलिङ गर्दै

२०८१ पुष  ४ गते ११:५१ २०८१ पुष ४ गते ११:५१
यू-१९ महिला एसिया कपमा नेपालले पहिले बलिङ गर्दै

४ पुस, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ महिला एसिया कप सुपर फोरको पहिलो खेलमा श्रीलंकाविरुद्ध बलिङ गर्ने भएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने प्रतियोगितामा कप्तान पूजा महतोले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी हुन् ।

नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो ।

भारत र पाकिस्तानजस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो । भारतविरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।

समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको हैसियतमा सुपर फोरमा पुग्दा श्रीलंकाले एक खेल जितेको थियो । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग पराजित भएको थियो ।

पाकिस्तानलाई पराजित गर्दै मनोबल उच्च बनाएको नेपालले श्रीलंकाविरुद्ध सुपर फोरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

यू-१९ महिला एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय