+

एन्फा यू-१६ युथ लिगमा चर्च ब्वाइजको पुनरागमन जित

२०८१ पुष  १२ गते १५:४३ २०८१ पुष १२ गते १५:४३
एन्फा यू-१६ युथ लिगमा चर्च ब्वाइजको पुनरागमन जित

१२ पुस, काठमाडौं । एन्फा यू-१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले विजयी सुरुवात गरेको छ । शुक्रबारदेखि सुरु भएको एन्फा यू-१६ लिगमा चर्च ब्वाइजले संकटाविरुद्ध २-१ को पुनरागमन जित हात पारेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा पेम्बा तामाङले १५औं मिनेटमा गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समयसम्म टिकेन । ३०औं मिनेटमा सुनिल मगरले चर्च ब्वाइजका लागि बराबरी गोल फर्काए ।

सुगम रानाले ८४औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई २-१ को अग्रता दिलाए । त्यही गोल नै चर्च ब्वाइजको जितमा निर्णायक बन्यो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु भएको यू-१६ युथ लिगमा शुक्रबारको अर्को खेलमा हिमालयन शेर्पा र मछिन्द्र क्लब खेलिरहेका छन् ।

त्यसपछिका खेलहरू भने पुस २१ देखि सुरु हुने एन्फाले जनाएको छ ।

एन्फा यू-१६ युथ लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय