+
+

कोरिया पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १२ गते १६:२८

१२ पुस, काठमाडौं । डिपेन्डेन्ट भिसामा युवतीहरूलाई कोरिया लगायतका देशमा लैजान्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका-६ घर भई हाल भक्तपुरको चाँगुनारायण बस्‍ने का ३५ वर्षीय साजन मगर भन्‍ने होमबहादुर मगर रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयको टोलीले बाँसबारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेको उनको साथबाट २१ लाख रुपैयाँ बराम गरेको छ भने उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?